सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आफ्ना कमाण्ड र ब्युरो नेतृत्व फेरबदल गरी नयाँ सैन्य भर्नाको तयारी गरेको छ।
हेडक्वार्टर सेक्रेटरीमा भेषराज भुसाल ‘धु्रब्र’लाई नै निरन्तरता दिइएको छ। पार्टी महासचिव विप्लवले सैन्य विभागको जिम्मेबारी आफू मातहत नै राखेका छन्। स्रोतका अनुसार यसलाई संगठित र शक्तिशाली बनाउन नयाँ भर्नालाई व्यापकता दिने निर्णय पार्टीले गरेको छ। प्रतिबन्धित नेकपासँग हाल ४ कम्पनी जनसेना रहेको सरकारी अनुमान छ।
स्रोतका अनुसार पार्टीले पूर्वी कमाण्डमा शक्ति केन्द्रित गरेर चन्दा संकलनलाई तीब्रता दिएको छ। मध्य कमाण्डका सम्पूर्ण गतिविधि प्रहरीको निसानामा परेपछि पार्टीले पूर्वी कमाण्डमा केन्द्रित भएको हो।
‘पूर्वी पहाडी जिल्लामा यतिबेला चन्दा आतंक छ,’ प्रहरीका एक अधिकारी चन्छन्, ‘विप्लव समूहका शक्तिशाली नेताहरु समेत सोही क्षेत्रमा केन्द्रित रहेको सूचना प्रहरीसँग छ।’
२८ फागुन २०७५ देखि सरकारले विप्लव नेतृत्वको पार्टीका सम्पूर्ण गतिविधिमाथि प्रतिबन्ध लगाएको छ। त्यसयता प्रहरीले ५ सय जना पार्टीका जिम्मेवार नेता तथा कार्यकर्ता पक्राउ गरेको छ। केही अदालतको आदेशबाट छुटेका छन्।
प्रहरीले महत्वपूर्ण जिम्मेबारीमा रहेका सुदर्शन ओली, भरत बम, बन्धु चन्द र विजय श्रेष्ठलाई पक्राउ गरेको छ। हाल उनीहरु थुनामा छन्। यस्तै पूर्वी कमाण्डका प्रमुख सहयोगी रहेका पदम राई र मध्यकमाण्डमा प्रमुख सहयोगी रहेका शंकर अधिकारीले पार्टी परित्याग गरेका छन् । nepalkhabar
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु