‘निर्मलाहरुको न्याय कहाँ पुग्यो सरकार ?’ भन्दै पोखरामा दबाब मूलक कार्यक्रम

‘निर्मलाहरुको न्याय कहाँ पुग्यो सरकार ?’ भन्दै पोखरामा दबाब मूलक कार्यक्रम

nirmala haru pokhara

पोखरा । पोखरामा भोलि ‘निर्मलाहरुको न्याय कहाँ पुग्यो सरकार ?’ नामक बृहत दबाब मूलक कार्यक्रम भएको छ । महानगर बाल मंचको आयोजनामा आज बिहान निर्मलाहरुको न्यायका लागि दबाब मूलक कार्यक्रम भएको हो ।

र्यालीसहितको कार्यक्रम बिहान ८ बजे चिप्लेढुंगाबाट सुरु भएको थियो । मानव अधिकारचोकबाट सुरु हुने र्याली पृथ्वीचोकमा पुगेर सभामा परिणत भएको कार्यक्रम संयोजक सुबास अधिकारीले जानकारी दिए । धेरैले आफूहरुलाई राजनीतिक आडमा कार्यक्रम आयोजना गर्न लागेको भनेर आरोप लगाएपनि आफूहरुले स्वतन्त्र रुपमा कार्यक्रम गरिरहेको संयोजक अधिकारीले बताए ।

निर्मला पन्त एक प्रतिनिधि पात्र मात्र भएको र अन्य हजारौं निर्मलाहरु न्यायको पर्खाइमा रहेको मंचका प्रवक्ता आरोग्य मोहन काफ्लेले बताएका छन् । भोलि हुने कार्यक्रममा सहभागी हुन् मंचले सबैलाई आग्रह गरेको छ ।

चुप लागेर बस्यो भने न्याय मर्न सक्ने हुदा अब चुपलागेर नबस्ने चेतावनी दिए । पोखरा बाल मन्चकी सद्स्य सफलता त्रिपाठिले निर्मला पन्तको प्रतिनिधि पात्र बनी अभिनय प्रदर्शनी गरेकी थिईन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds