फेवा र बेगनासमा एकैदिन दुई जना मृत फेला

फेवा र बेगनासमा एकैदिन दुई जना मृत फेला

61869615_364286007555910_375435705662308352_n

पोखरा। पोखरामा एकैदिन दुई जनाको शव भेटिएको छ । बुधबार बेगनास ताल र फेवातालमा दुई पुरुषको शव भेटिएको प्रहरीले जानकारी दिएको छ। बेगनास तालमा भेटिएका अन्दाजी ६५ वर्षीय पुरुषको हालसम्म पहिचान खुलेको छैन।

यता फेवातालमा मृत भेटिनेमा सिन्धुपाल्चोकको बाणें गाँउ घर भएका २७ वर्षीय थबिन्द्र कोईराला रहेका छन् । उनको शव गौरीघाटस्थित रत्न मन्दिरको गेटअगाडी तालमा तैरिरहेको अवस्थामा भेटिएको हो । दुवै घटनाका बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds