गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पोखरा । विश्व वातावरण दिवसको अवसरमा अन्नपूर्ण आत्मनिर्भर बाल आश्रम, बाटुलेचौर, पातञ्जल योग समिति गण्डकी प्रदेश समिति र कास्की समितिको संयुक्त आयोजनामा वृक्षारोपण गरिएको छ ।
पोखरा महानगरपालिकाको वडा नं. १६ बाटुलेचौरमा बुधबार अन्नपूर्ण बाल आश्रमको फार्म हाउसमा वृक्षारोपण गरिएको हो ।कार्यक्रममा प्रमुख अतिथि कृषि विकास मन्त्रालयका पूर्वसहसचिव तथा लिबर्ड बोर्ड सेक्रेटरी बेनीबहादुर बस्नेतले ‘बिरुवा रोपेर मात्रै हुँदैन संरक्षण गर्नुपर्छ’ भने । उनले बिरुवा रोप्ने तरिका तरिका सिकाउँदै कृषि सम्बन्धि प्राविधिक ज्ञान उपयोग गरी वातावरण सफा, स्वच्छ बनाउन सकिने कुरा प्रस्टाए ।
पातञ्जल योग समिति कास्कीका अध्यक्ष सुरेश श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा विशेष अतिथि अन्नपूर्ण बाल आश्रमका सञ्चालिका शारदा बस्नेत, पातञ्जल योग समिति केन्द्रिय सदस्य प्रदिप कुमार श्रेष्ठले वृक्षारोपण गर्नुको फाइदा बताउँदै यस्तो कामलाई निरन्तरता दिनुपर्ने बताएका थिए । कार्यक्रम कमला गुरुङले सञ्चालन गरेकी थिईन् ।
सम्बन्धित खबर
फेवातालको बीच भागमा अलपत्र परेका दुुई जनाको उद्धार
तातोपानी कुण्डमा स्नान गर्न लाग्न थाल्यो भिड
पोखराको हेम्जामा यात्रु चढाइरहेको बसलाई टिप्परले ठक्कर दियो
धवलागिरिको चुचुरो चुम्न १६७ मिटर बाँकी रहँदा अस्ताएका अनुभवी आरोही
आँबुखैरेनीका महिला सयपत्री उत्पादनमा
पोखराको होटलमा जुवा खेलिरहेका ६ जना पक्राउ
यो पनि पढौँ
टीकाको अघिल्लो दिन जब छोराको शव आयो …
दुई साताअघिकाे संकटमा सयौँलाई जोगाएका सशस्त्र प्रहरी निरीक्षक बडुवाल आफै अस्ताए
पोखराको हेम्जामा यात्रु चढाइरहेको बसलाई टिप्परले ठक्कर दियो
दशैंमा तनहुँ ससुराली आएका ज्वाईंको मादीले बगाएर मृत्यु