काठमाडौ । विश्व वातावरण दिवसको अवसरमा करियर प्वाइन्ट एजुकेसन सर्भिसको आयोजनामा बुधबार बौद्धमा स्वच्छ वायुको अधिकार सम्बन्धि कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रमको संयोजन तथा व्यवस्थापन नेपाल टिन लिडर्सका सदस्यहरुले गरेको करियर प्वाइन्ट एजुकेसन सर्भिसका संचालक विशाल केसीले बताए ।
‘स्वच्छ वायु स्वच्छ जिवन’ भन्ने मुल नाराका साथ उक्त कार्यक्रम गरिएको नेपाल टिन लिडर्सको सदस्य रोमियो घले गुरुङले बताए ।

बौद्ध क्षेत्रका बालबालिकाहरुले स्वच्छ वायुको अधिकार सम्बन्धि ‘डियर सरकार खै त मेरो स्वच्छ हावामा जिउने अधिकार’, ‘वायु प्रदुषण पनि विनाशको एक हतियार हो’, ‘नाक मुख छोपेर अपराधि जस्तो भएर म कहिले सम्म हिड्ने’, ‘स्वच्छ हावा मेरो अधिकार’ लगाएतका नारा सहितको प्ले कार्ड बोकेर बौद्धमा प्रदर्शन गरेका थिए ।
प्रदुषणको मुख्य असर बालबालिकाहरु लाई सिधै पर्ने भएको हुँदा उनीहरुले दैनिक रुपमा सामाना गर्नुपर्ने समस्या विरुद्ध र सम्बन्धित निकाय झकझक्याउन बालबालिकाले नेपाल टिन लिडर्स संग मिलि यो कार्यक्रम गरिएको नेपाल टिन लिडर्सकी सदस्य ओजस्वि शिवाकोटीले बताइन ।

उक्त विभिन्न वायु सम्बन्धि माग सहित सरकारलाई वायु प्रदुषण घटाउन झक्झक्याउने कोशिस उनीहरुले कार्यक्रम मार्फत गरेका थिए । सो कार्यक्रममा बौद्धको सर्वनाम शिक्षालयका विद्यार्थीहरुको विशेष उपस्थिति रहेको थियो । सो कार्यक्रममा विद्यार्थीहरुले नृत्य समेत प्रस्तुत गरेका थिए ।
संयुक्त राष्ट्रद्वारा घोषित ‘विश्व वातावरण दिवस’ पर्यावरणप्रति राजनैतिक र सामाजिक जागृति ल्याउने उद्देश्यले मनाइन्छ । वातावरण संरक्षणका लागि विश्वमै राजनीतिक र सामाजिक चेतना जगाउने उद्देश्यका साथ सन् १९७२ को ५ जुनदेखि १६ जुनसम्म संयुक्त राष्ट्रसङ्घको महासभाले विश्व वातावरण सम्मेलनको आयोजना गरेको थियो ।
सम्मेलनको एक वर्षपछि वातावरणीय संरक्षणको आवश्यकता महसुस गरी १९७३ देखि बर्सेनि जुन ५ तारिखमा विश्व वातावरण दिवस मनाउन थालिएको हो ।
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक
धादिङबाट जन्ती पुर्याएर फर्किएको बस काभ्रेमा दुर्घटनाः एक जनाको मृत्यु, चालक गम्भीर
देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते