तनहुँ । लोप हुँदै गएको सिप्लिगानको बीउ उत्पादन गर्ने उद्देश्यसहित तनहुँको म्याग्दे गाउँपालिका–२ स्थित ज्यानटाङ सामुदायिक वनमा सिप्लिगानको स्रोतकेन्द्र निर्माण गरिने भएको छ । डिभिजन वन कार्यालयले सामुदायिक वनको तीन हेक्टर क्षेत्रफलमा सिप्लिगानको स्रोतकेन्द्र बनाउन लागेको हो ।
स्रोतकेन्द्र बनाउन सामुदायिक वनको नाङ्गेडाँडामा विश्व वातावरण दिवसका अवसरमा बुधवार सिप्लिगानका बिरुवा रोपण गरिएको छ । डिभिजन वन कार्यालयका प्रमुख केदार बराल, सहायक वन अधिकृत बाबुराम उप्रेती, मनोज रानाभाट, वन समूहका अध्यक्ष ईश्वरबहादुर रानाभाटलगायत उपभोक्ताले सिप्लिगानको बिरुवा रोपेका छन् ।
स्रोतकेन्द्र स्थापनाका लागि कार्यालयले चार लाख लगानी गरेको बरालले जानकारी दिए । उनका अनुसार कार्यालयको आर्थिक, प्राविधिक सहयोग र उपभोक्ताको सहभागितामा सिप्लिगानको स्रोतकेन्द्र निर्माण हुनेछ । स्रोत केन्द्र निर्माणका लागि नाङ्गेडाँडामा पाँच हजार सिप्लिगानका बिरुवा रोपण गरिनेछ ।
‘लोप हुँदै गएको सिप्लिगानको संरक्षण गर्दै बीउ उत्पादन गर्ने उद्देश्यसहित स्रोतकेन्द्र स्थापना गर्न लागेका हौं,’ प्रमुख बरालले भने, ‘मध्य पहाडी भागमा पाइने सिप्लिगानको बजारमा निकै ठूलो माग छ ।’ बरालका अनुसार सिप्लिगान औषधीय गुण भएको मध्यम आकारको रुख वर्गमा पर्ने वनस्पति हो । उनका अनुसार सिप्लिगानलाई उच्च रक्तचाप, चिनीरोग, पिसाबसम्बन्धीलगायत रोगको औषधिका रुपमा प्रयोग गर्न सकिन्छ ।
सम्बन्धित खबर
मुग्लिन–पोखरा बाटो सहज बन्दै
तनहुँको विमलनगर खण्ड आजदेखि एक महिना आंशिक बन्द हुने
तनहुँमा ‘स्वाइन फिभर’ले बङ्गुर मरेपछि ओसारपसारमा रोक
प्रजातन्त्र दिवसको अवसरमा देवघाट गाउँपालिकामा दीप प्रज्जवलन
बन्दीपुरमा वडाध्यक्षको कुटपिटबाट वडा सचिव घाइते
१५ वर्षपछि दमौलीमा फेरि थालियो सामूहिक गहुँखेती
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने