काठमाडौं । इटहरी उपमहानगरपालिकाका मेयर द्वारिक चौधरीले पत्रकारको नाक भाच्न एक करोड रुपैयाँ छुट्याएको अभिव्यक्ति दिएपछि सामाजिक सञ्जालमा यो विषयमाथि व्यापक टिकाटिप्पणी भइरहेको छ । कयौंले उनका अभिव्यक्तिको विरोध गरेका छन् भने उनको समर्थनमा टिप्पणी गर्नेहरुको संख्या पनि कम छैन ।
समर्थकमध्ये धेरैजसोले भ्रष्टाचारविरुद्ध मेयर चौधरी उभिएको तर्क गरेका छन् । उनीहरुले पत्रकारितामा बढ्दो विकृतिप्रति असन्तुष्टि जनाउँदै ‘पत्रकारहरुले जे पायो त्यही लेख्ने गरेको’ आरोप लगाएका छन् ।
यसअघि नेकपा नेता योगेश भट्टराईले फेसबुकमा प्रतिक्रिया जनाउँदै मेयर चौधरीले पत्रकार र अन्य कतिपय व्यक्तिका बारेमा दिएका अभिव्यक्ति स्वयं उनले धारण गरेको सार्वजनिक पद, उनले प्रतिनिधित्व गर्नुभएको पार्टी (नेकपा) र स्वयं उनको राजनीतिक उचाईका लागि कदापी नसुहाउने जनाएका थिए ।
यस्तै, प्रदेश ५ का मुख्यमन्त्री तथा नेकपाका स्थायी कमिटी सदस्य शंकर पोखरेलले पनि मेयर चौधरीका अभिव्यक्ति पार्टीको नीति, मूल्य मान्यतासँग मेल नखाने टिप्पणी गरेका छन् ।
एमाले नेता भट्टराईले मेयर चौधरीका अभिव्यक्तिबारे फेसबुकमा गरेको टिप्पणीमाथि प्रतिक्रिया लेख्दै धेरैले चौधरीका भनाइको समर्थन गरेका हुन् । बुधबार बिहान भट्टराईले गरेको पोस्टमा मध्याह्नसम्म ६ सयभन्दा बढी प्रतिक्रिया आइसकेका छन् ।
हेर्नुहोस्– मेयर चौधरीको अभिव्यक्तिबारे सामाजिक संजालमा लेखिएका केही प्रतिक्रियाः





सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु