एजेन्सी : पछिल्लो समय विश्वको एउटा घटनाले सोसल मिडिया तताएको छ । महिला अधिकारकर्मीहरु यसलाई घृणित तथा सेक्सिस्ट कार्य भन्दै आलोचना गरिरहेको छन् । आखिर सोसल मिडियामा तहल्का मच्चाउने यो काण्ड के हो त ?
वास्तवमा रुसमा भएको स्कर्ट काण्ड अहिले चर्चामा छ । रुसको एउटा कम्पनीले महिला कर्मचारीलाई स्कर्ट लगाएर अफिस आउन प्रोत्साहित गर्दै पुरस्कारको घोषणा गरको विषयले विवाद उत्पन्न गरेको हो । रुसको आल्मुनियम कम्पनी टाटप्रुफले नारित्व म्याराथन अभियान सुरु गरेको छ ।
जसअन्तर्गत कम्पनीमा स्कर्ट लगाएर आउने कर्मचारी तथा कामदार महिलालाई बोनस दिइनेछ । स्कर्ट लगाएर अफिस आएबापत महिलाहरुले दैनिक झण्डै १ सय ८० रुपैयाँ बराबरको रकम बोनस पाउनेछन् । बोनस पाउनका लागि महिलाहरुले केही शर्तको पालना गर्नुपर्ने हुन्छ ।
स्कर्ट धेरै लामो अर्थात् घुँडाभन्दा पाँच सेन्टिमिटरभन्दा बढी तल आउने हुनु हुँदैन । साथै सबुतको रुपमा आफ्नो फोटो खिचेर कम्पनी व्यवस्थापनलाई पठाउनुपर्ने हुन्छ । महिलाहरुको अपमान तथा शोषण गरेको भन्दै यस अभियान प्रति तीव्र आलोचना भइरहेका बेला उक्त कम्पनीका प्रवक्ताले भने अभियान सेक्सिस्ट नभएको बताएका छन् ।
उनका अनुसार ६० भन्दा धेरै महिलाले अहिलेसम्म यसमा भाग लिइसकेका छन् । यस अभियानले महिलाहरुमा जागरुकता बढ्ने उनको दाबी छ । स्कर्ट लगाउँदा महिलाले नारित्व तथा आकर्षणको महसुस गर्ने उनको जिकिर छ ।
सम्बन्धित खबर
कुलमानलाई स्पष्टीकरण सोध्ने मन्त्रिपरिषदकाे निर्णय
सरकारले ल्याएका पाँच अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
यो पनि पढौँ
पोखरामा पेट्रोल पम्प जोडिएको घरमा लागेको आगो समयमै निभाउँदा ठूलो क्षति टर्यो
पोखरा पृथ्वीचोकमा ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार शिवराजको मृत्यु
गण्डकी र लुम्बिनी जोड्ने पक्की पुल निर्माण
सङ्खुवासभामा लेक लागेर तनहुँका डाक्टर सिग्देलको मृत्यु