मुटुको शल्यक्रिया गर्दागर्दै आगलागी, के गरे चिकित्सले ?

मुटुको शल्यक्रिया गर्दागर्दै आगलागी, के गरे चिकित्सले ?

salyankriya

काठमाडौं । भिएनामा मुटुको शल्यक्रिया गर्दैगर्दा अकस्मात् आगलागी भएको छ । ६० वर्षीय ती व्यक्तिको मुटुबाट रगत शरीरका अन्य भागमा लैजाने धमनीको शल्यक्रिया भइरहेका बेला आगलागी भएको हो ।

आइतबार युरोपियन सोसाइटी अफ एनेसथियोलोजी बैठकमा पेश गरिएको जानकारी अनुसार क्रोनिक अबस्ट्रकटिभ पल्मोनरी डिजिज (सिओपिडी) बाट ग्रसित रहेका ती व्यक्तिको एक वर्षअघि मुटुको बाइपास शल्यक्रिया भएको थियो ।

शल्यक्रियाको क्रममा डाक्टरले उनको एउटा फोक्सो छातीको हड्डीमा अड्किएको र त्यसले गर्दा ग्यास जम्मा भएको बेलुन जस्तो बनेको देखे । शल्यचिकित्सकले एउटा बेलुन जस्तोलाई पङ्चर गरे, जसबाट ग्यास लिक भयो ।

बिरामीलाई स्वासप्रस्वासमा समस्या नहोस् भनेर अक्सिजनको मात्रा बढाए । अक्सिजन लिक हुँदा ड्राइ सर्जिकल प्याकमा आगलागी भयो । डाक्टरले तत्कालै आगो हटाएर शल्यक्रिया निरन्तरता दिए र सफल शल्यक्रिया गरे ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds