३ महिनासम्म बन्धक भएर सामूहिक बलात्कारमा परेकी किशोरीको स्वास्थ्यअवस्था गम्भीर

३ महिनासम्म बन्धक भएर सामूहिक बलात्कारमा परेकी किशोरीको स्वास्थ्यअवस्था गम्भीर

Gang-rape

जनकपुर–सामूहिक बलात्कारकोे शिकार भएकी धनुषाको बटेश्वरकी एक किशोरीको स्वास्थ्यअवस्था गम्भीर रहेको छ ।  बलात्कृत भएपछि मानसिक रुपमा विच्छिप्त ती किशोरीको मुटुमा पनि समस्या देखिएपछि अहिले जनकपुर अञ्चल अस्पताल स्थित शहिद गंगालाल हृदय केन्द्रमा उपचार भईरहेको छ ।

 गत फागुन ११ गते साँझबाट घरबाटै हराएकी किशोरीमाथि ३ महिनासम्म भारतमा बन्धक बनाएर सामूहिक बलात्कार भएको खुलासा भएको थियो ।   पीडित किशोरीलाई मुज्जफरपुरमा एक महिलाले समस्यामा परेको देखेपछि भाग्नमा सहयोग गरेकी थिइन् । घटनामा संलग्न मध्ये कोही पनि पक्राउ पर्न नसकेको र घटनाको अनुसन्धान भईरहेको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडलेले बताए ।

यता धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले दोषीमध्ये कोही पक्राउ नपरेपनि महोत्तरी लोहारपट्टी नगरपालिका वडा नम्बर २ स्थित सुखैनियाका २२ वर्षीय रवानी राईन कवारीविरुद्ध किशोरी अपहरण, शरीर बन्धक र जबरजस्ती करणीको मुद्दा दर्ता गरिएको जनाकारी गराए । उनले दोषीहरुको खोजी तीव्र पारिएको बताए ।

यसैबीच किशोरीको उपचारमा समस्या नहोस् भन्ने उद्देश्यका साथ रतौली युवा क्लवका अध्यक्ष बैद्यनाथ ठाकुरले आर्थिक सहयोग प्रदान गरेका छन् । 

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds