पोखरा । पोखरामा आउँदो जेठ २३ गते बिहिबार ओलि एन्ड एसोसिएट्स अस्ट्रेलियन एजुकेशन फेयर हुने भएको छ । ओलि एन्ड एसोसिएट्सको आयोजनामा उक्त फेयर हुन लागेको हो ।
शैक्षिक उध्येश्यले अष्ट्रेलिया जान चाहने विद्यार्थीेलाई मध्यनजर गरी फेयरको आयोजना गरिएका एसोसिएट्सका प्रवन्धक तिलक लामिछानेले जानकारी दिए । उक्त शैक्षिक मेलामा अष्ट्रेलियन कलेजका प्रतिनिधिहरु, ओलि एन्ड एसोसिएट्सका प्रवन्धक निर्देशक भवानी ओली , संस्थाका नेपाल प्रमुख सुदर्शन शर्मा, बैंकका प्रतिनिधिहरुको उपस्थीती रहने छ ।
फेयरबाट पोखरा तथा पोखरा आसपासका ५०० भन्दा बढी बिद्यार्थी तथा अभिभावकले लाभ लिने अनुमान आयोजकले गरेको छ । मेलामा शैक्षिक परामर्शका साथै छात्रवृत्तिका अवसरसँगै शैक्षिक कर्जाको लागि बैंकका प्रतिनिधिहरुसँग छलफल पनि गरिने आयोजकले जनाएको छ । यस्तै कार्यक्रममा कलेजका प्रतिनिधिहरुसँग भेटघाट साथै फोटोसेसन पनि हुने छ ।
सहभागीलाई आयल्टस तथा पिटिइ तयारीका बारेमा जानकारी दिइनुका साथै गिफ्ट ह्याम्पर पनि दिइने लामिछानेले बताए ।मेला जिरो किलोमिटरको निर्मल शान्ती निवासमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म चल्ने छ । ओली एन्ड एसोसिएट्सले आफ्नो स्थापना कालदेखि अष्ट्रेलियामा सिमित रहि शैक्षिक परामर्श, भिजा प्रोसेसका कार्य गर्दै आएको छ ।
सम्बन्धित खबर
राष्ट्रिय फोटो पत्रकार समूह नेपाल, कास्की शाखाको अध्यक्षमा योगेन्द्र, प्रेम सचिव
पूर्व राजा ज्ञानेन्द्रले गरे कुल मन्दिरको दर्शन
काउली बेचेर एकै सिजनमा ६ लाख आम्दानी
पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचनको नमुना मतदान
गोरखामा १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा शिक्षक पक्राउ
वालिङ्बाट लागूऔषधसहित पोखराका गुरुङ पक्राउ
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो