तनहुँ । तनहुँको गुणादिमा मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु भएको छ । म्याग्दे गाउँपालिका वडा नम्बर १ तल्लो गुणादिमा मोटरसाइकलले ठक्कर दिदा स्थानिय बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी लिलाराज लामिछानेले जानकारी दिए ।
मृत्यु हुनेमा महेन्द्र मावि गुणादिमा अध्ययनरत म्याग्दे-१ रानीगाँउ बस्ने ५ वर्षीया निशा आले मगर रहेको प्रहरीले जनाएको छ ।
बालिकाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घटना लगत्तै बालिका लाई दमौली स्थित रत्नहरि अस्पतालमा ल्याइएको थियो ।
पोखरा बाट गोरखा तर्फ जाँदै गरेको प्रदेश ३-०२-००६ प २५२६ नम्बरको मोटरसाइकलले आलेलाई ठक्कर दिएको थियो ।
“तिव्र गतिका कारण बिजुलीको पोलमा मोटरसाइकल ठोकिएको जस्तो देखिन्छ”, डिएसपी लिलाराज लामिछाने बताए ।
मोटरसाइकल र मोटरसाइकल चालक प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
सम्बन्धित खबर
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
६५ वर्षीय एक पुरुष मृत फेला
एमालेका वडा अधिवेशन मंसिरभित्रै हुने
चाडपर्वमा खर्चको जोहो गर्न राउटे टोली पोखरामा
अयरपानीमा आँधीखोला फाउन्डेसनको परिकल्पना
वन उद्यम स्थापना सम्बन्धी अभिमुखीकरण एवं कार्यशाला गोष्ठी
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते