गण्डकी प्रदेश सरकारले पोखरामा बिजुली बस सञ्चालनमा ल्याउने

गण्डकी प्रदेश सरकारले पोखरामा बिजुली बस सञ्चालनमा ल्याउने

electric-bus-700×375

file photo

पोखरा । गण्डकी प्रदेश सरकारले पोखरामा बिजुलीबाट चल्ने बस सञ्चालन गर्ने भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पोखरामा आगामी वर्षदेखि बिजुलीबाट बस सञ्चालन गर्ने बताएका हुन् ।

कास्कीको अन्नपूर्ण गाउँपालिकामा पर्ने ‘नयापुलदेखि घान्द्रुक उरीसम्म’को बाटो पिच गर्ने कार्यको आइतबार शिलान्यास कार्यक्रममा उनले अबको एक वर्ष भित्रै पोखरामा बिजुलीबाट बस सञ्चालन भइसक्ने बताए। बिजुलीबाट चल्ने गाडीको प्रवद्र्धन गर्नुका साथै पोखरा बजारको मूख्य चोकचोकमा चार्जिङ स्टेसन राखिने उनले जानकारी दिए ।

यस्तै मुख्यमन्त्री गुरुङले प्रदेश सरकारले आर्थिक वर्ष २०७६/७७ का लागि ३५ अर्ब बराबरको बजेट ल्याउने तयारी गरेको जानकारी दिए । अबको ४ वर्षभित्र स्थानिय तहका केन्द्रहरुको लिंक रोड बनाइसक्ने घोषणा गर्दै उनले त्यसलाई प्राथमिकतामा राखेर बजेट आउने बताए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds