हावाहुरीले बांगियो साढे चार करोडमा निर्माणाधीन झोलुंगेपुल

हावाहुरीले बांगियो साढे चार करोडमा निर्माणाधीन झोलुंगेपुल

jholunge_pool_9BvgHa41MT

आइतबार राति आएको भीषण हावाहुरीले बबई नदीको कुसुम्बाघाटमा निर्माणाधीन झोलुंगेपुलमा क्षति पुगेको छ । बर्दियाको मधुवन र बारबर्दिया नगरपालिकालाई जोड्ने बबई नदी कसुम्बाघाटमा निर्माणाधीन झोलुंगेपुल हावाहुरीले बांगिएको छ ।

नटबोल्ट लट्ठामा कस्न नपाउँदै पुलको भाग माथि उठेको छ । पुलमा बिछ्याइएको प्लेट लट्ठामा कस्दै गर्दा हावाहुरी आएपछि क्षति पुगेको प्राविधिकले बताएका छन् । पुललाई सीधा बनाउन थप एक साता समय लाग्ने प्राविधिक पुष्प दाहालले बताए । थानी निर्माण सेवा काठमाडौँले पुल निर्माणको काम गरिरहेको छ । 

निमार्णाधीन झोलुंगेपुल चार करोड ४१ लख लागतमा बन्दै छ । सोही ठाउँमा बनाइएको झोलुंगेपुल हस्तान्तरण नहुँदै ०७१ सालमा बबई नदीमा आएको बाढीले बगाएको थियो । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा यज्ञप्रसाद सापकोटाले लेखेका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ