बाग्लुङ : ताराखोला गाउँपालिकाका ९५ जना युवाहरुले सोमबारदेखि एकैसाथ रोजगारी पाएका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत गाउँपालिकाले उनीहरुलाई रोजगारी दिएको हो। गाउँपालिकाले सडक मर्मत कार्यमा खटाउने गरी रोजगारी दिएको गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले जानकारी दिए।
उनीहरुले २२ दिनका लागि रोजगारी दिइएको हो। गाउँपालिकाले खटाएको ठाउँमा सडक मर्मतका लागि खटिनुपर्ने गरी उनीहरुलाई रोजगारी दिइएको हो। पारिश्रमिकमा आधारित अल्पकालीन रोजगार कार्यक्रमअन्र्तगत उनीहरुलाई काम दिइएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकामा रहेका पाँच वटा वडामा आठ वटा श्रमिक समूह बनाएर सडक मर्मत गर्ने कामका लागि खटाएको गाउँपालिकाका अध्यक्ष घर्तीले जानकारी दिए। सरकारले स्थानीय तहमा रोजगार संयोजक खटाएर बेरोजगारको तथ्याङ्क संकलन गरी रोजगारी दिन थालेको हो। ताराखोला गाउँपालिकामा मात्र ८०० जना बेरोजगार सूचिकृत भएका छन्।
तीमध्ये विभिन्न आधार बनाएर छनौट गर्ने क्रममा २८ जना महिला ६७ जना पुरुष पूर्ण बेरोजगार रहेको पाइएपछि उनीहरुलाई रोजगारी दिइएको गाउँपालिकाले बताएको छ। अन्य बेरोजगारलाई समेत आवश्यकताका आधारमा परिचालन गर्ने गाउँपालिकाका रोजगार संयोजक सलोनी थापाले बताइन्। जिल्लामा पहिलोपटक ताराखोला गाउँपालिकाले बेरोजगारीलाई रोजगारी प्रदान गरेको हो ।
कार्यक्रममा रोजगारी पाएका युवाहरुलाई ४ लाख ५० हजार बराबरको सडक मर्मतका लागि आवश्यक सुरक्षा सामग्री समेत प्रदान गरिएको छ। उनीहरुले पोशाक, गै्रची, बेल्चा, घन, बाउँसो, हँसियाजस्ता आवश्यक औजार समेत दिइएको छ।
‘कामको आधारमा हुने भेदभावको अन्त्य गरौं’ भन्ने नाराका साथ पाँच वटै वडाका महिला तथा पुरुषलाई रोजगारी प्रदान गरिएको छ,’ रोजगार संयोजक थापाले भनिन्, ‘छोटो समयलाई भए पनि रोजगारी प्रदान गर्न सफल भएका छौंं।’ प्रधानमन्त्री रोजगार कार्यक्रमले रोजगार प्रदान गर्नका गाउँपालिकामा २१ लाख रुपैयाँ विनियोजन गरेको छ।
सम्बन्धित खबर
स्याङ्जामा करेन्ट सर्टबाट दुई ठाउँमा आगलागी
पुस्तकालय व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
पुतलीबजार राष्ट्रपति रनिङ शिल्डको उपाधि रोशनी माविलाई
पुतलीबजारका करिब एक हजारलाई कुखुराका चल्ला वितरण
६२ वर्षपछि श्रेष्ठले पाए जग्गाको एक करोड रुपैयाँ मुआब्जा
लैङ्गिक हिंसा विरुद्धको कविता प्रतियोगितामा स्मारिका प्रथम
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
पोखरा विमानस्थल निर्माणमा ८ अर्बभन्दा बढी भ्रष्टाचार, ५ पूर्वमन्त्री सहित ५५ जनाविरूद्ध मुद्दा दर्ता
सडकबाट उछिट्टिएर ट्याक्सी म्याग्दी नदीमा खस्यो, चालक मृत फेला