एजेन्सी : भारतको एउटा गाउँ ‘टिल्टेपक’ का सबै मानिसहरु अन्धो छन् । उक्त गाउँमा बस्दै आएका जोपोटेक जनजातीका मानिसहरु वास्तबमा जन्मदेखि नै अन्धो भने हुँदैनन् । तर, उमेर बढेसँगै विस्तारै उनीहरुले आखाँको ज्योती गुमेको थाहा पाउँछन् । यो के कारणले भएको छ कसैलाई पनि थाहा छैन । यस गाउँमा अन्य थुप्रै रहस्यहरु भेटिन्छन् ।
एउटा रुखलाई मानिन्छ अन्धोपनको कारण एउटा रुखलाई मान्दै आएका छन् । उक्त गाउँमा भएको ‘लावजुएजा’ को रुखलाई हेर्दाहेर्दै अन्धो भएको उनीहरु बताउँछन् । गाउँलेले अन्धोपनको कारण रुखलाई भनेपनि वैज्ञानिकले उक्त गाउँमा भएको अन्धोपनको कारण झिँगा भएको पत्ता लगाएका छन् । झिँगाले मानिसलाई टोकेपछि त्यसको सीधा असर आखाँमा पर्ने भएकाले विस्तारै आखाँमा असर पर्दै गएर उनीहरुले आखाँको ज्योती गुमाउँछन् ।

अजब–गजब व्यवहार देखाउँछन् मानिसहरु
उक्त गाउँमा रहने मानिसहरुको व्यवहार अजब–गजब हुन्छन् । मानिसहरु कोदो र खुर्सानी खाने गर्छन् । उनीहरु कोदो त खानाको लागि खाने गर्छन् तर त्यससँगै सुख्खा खुर्सानी किन खान्छन् कसैलाई थाहा छैन । यस गाउँमा जम्मा ७० वटा झुपडी रहेको छ । तर, कुनै पनि झुपडीमा झ्याल छैन ।
मान्छे मात्र होइन जनावर र पन्छी पनि अन्धा
मानिसहरु मात्र होइनन् उक्त गाउँमा पशु–पन्छी पनि अन्धा छन् । यो गाउँमा पन्छिहरु उडेको देख्न पाइदैन किनकी चरा उड्न खोजेपछि कतै ठक्कर खाएर खस्छन् र धेरै बाँच्दैनन् पनि ।

रातमा पिउँछन् रक्सी
यहाँका मानिसहरु रातमा खाना खाएपछि मदिराको सेवन गर्छन् । त्यहाँका मानिसहरुलाई आफूहरु अन्धो भएकोमा कुनै पछुतो वा दुख छैन । त्यहाँका मानिसहरु काठबाट बनेको हतियार प्रयोग गरेर आफ्नो रक्षा गर्ने गर्छन् ।
सम्बन्धित खबर
कुलमानलाई स्पष्टीकरण सोध्ने मन्त्रिपरिषदकाे निर्णय
सरकारले ल्याएका पाँच अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
यो पनि पढौँ
पोखरामा पेट्रोल पम्प जोडिएको घरमा लागेको आगो समयमै निभाउँदा ठूलो क्षति टर्यो
पोखरा पृथ्वीचोकमा ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार शिवराजको मृत्यु
गण्डकी र लुम्बिनी जोड्ने पक्की पुल निर्माण
अन्नपूर्णमा हिमपहिरो, २ नेपाली बेपत्ता