अस्पतालमा एसीले काम नगर्दा आठ नवजात शिशुको मृत्यु

अस्पतालमा एसीले काम नगर्दा आठ नवजात शिशुको मृत्यु

baby-death

इस्लामाबाद । पाकिस्तानको एक अस्पतालमा एयर कण्डिसनिङ (एसी) सिस्टम फेल हुँदा आठ नवजात शिशुको मृत्यु भएको छ । समाचार एजेन्सी सिन्हुआका अनुसार साहिवालका डेपुटी कमिश्नर जमान वट्टले पञ्जाब सरकारको विशेष स्वास्थ्य सेवा एवं मेडिकल शिक्षा विभागलाई लेखेको पत्रमा नवजात शिशुको मृत्यु भएको उल्लेख छ ।

साहीवालको जिल्ला मुख्यालय अस्पतालमा बाल चिकित्सा वार्डमा एसी सिस्टम बिग्रिएपछि नवजात शिशुको मृत्यु भएको खबर पाएपछि आफू अस्पताल पुगेको भन्दै उनले पत्रमा भनेका छन्, ‘‘म सिधै वार्डमा पुगे । एसी बिग्रिएको रहेछ । वार्डामा तापक्रम असामान्य थियो ।’’

पञ्जाबका स्वास्थ्य विभागका प्रवक्ताले घटनाको छानविनका लागि समिति गठन गरिएको बताएका छन् । पञ्जाबका मुख्यमन्त्री उस्मान बुजदाकले घटनाको जानकारी लिँदै अनुसन्धान प्रतिवेदन तत्काल दिन निर्देशन दिएका छन् । नवभारत टाइम्सबाट  

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ