तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले खुकुरी प्रहार गरि फरार रहेका एक जना लाई पक्राउ गरेको छ । म्याग्दी अन्नपुर्ण गाउँपालिका वडा नं. ४ (साविक हिस्ताङ गा.वि.स.वडा नं. २) घर भई हाल पोखरा महानगरपालिका वडा नं. ११ फुलवारी बस्ने वर्ष २४ को भोटे भन्ने बिजय पुनलाई प्रहरी पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कास्की सँग समन्वय गरी तनहुँ प्रहरीले खोजतलास गर्दै जादा शनिबार दिउसो पोखरा महानगरपालिका वडा नं. ११ फुलबारी स्थितमा फेला पारी पक्राउ गरेको प्रहरिले जनाएको छ ।
गत २०७४ फागुन ९ गते तनहुँको म्याग्दे गाउँपालिका वडा नं. ६ पिपलटारमा सन्जिब राई समेतका व्यक्तिहरुलाई धारिलो हतियार खुकुरी प्रहार गरी सख्त घाईते तुल्याएको घटनामा संलग्न रहेको आरोपमा पुन पक्राउ हुन् ।
उक्त घाटनामा लक्ष्मी राई समेतको जाहेरीले बादी नेपाल सरकार प्रतिबादी मिलन पौडेल समेत भएको ज्यान मार्ने उद्योग मुद्दाको वारदात पश्चात फरार रहेका प्रतिवादीहरुको खोजतलास जारी राखिएको अवस्थामा पुन पक्राउ परेका हुन् ।
पक्राउ गरि आवश्यक कारबाहीको लागि जिल्ला अदालत तनहुँ समक्ष उपस्थित गराईएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
सम्बन्धित खबर
स्याङ्जाका किसानले बेचे ६० लाखको सुन्तला
नवग्रह मन्दिर अनुष्ठानमा डा. स्वामी केशवानन्दले दर्शन गरि दिए प्रवचन
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
तस्वीरमा लमजुङको घलेगाऊँ
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते