काठमाडौं । सरकारले अब पुजारी बन्नको लागि पनि न्यूनतम योग्यता तोक्ने प्रयास गरेको छ । सरकारले संघीय संसदमा प्रस्ताव गरेको गुठी सम्बन्धी कानूनलाई एकीकृत र संशोधन गर्न बनेको विधेयकमा पुजारी तथा कामदारको नियुक्तिको न्यूनतम योग्यता तोकिएको हो । यो अहिले संसदको राष्ट्रिय सभामा दर्ता गरिएको छ ।
सो विधेयकको दफा ३३ मा पुजारी तथा कामदारको नियुक्ति सम्बन्धी व्यवस्था गरिएको छ । जसको उपदफा १ मा धार्मिकस्थल व्यवस्थापन समितिले धार्मिकस्थलको पुजारी तथा धार्मिक कृत्य गर्ने कामदार नियुक्ति गर्न सक्ने उल्लेख छ । त्यसैको उपदफा २ मा उपदफा ९१० बमोजिम पुजारी तथा धार्मिक कृत्य गर्ने कामदार नियुक्ति गर्दा धार्मिकस्थलको आगममा आधारित भएर गर्नु पर्ने उल्लेख छ ।
अर्कोतर्फ सोही दफाको तेस्रो उपदफाले उपदफा ९२० बमोजिम नियुक्ति गर्दा धार्मिकस्थलको आगम, परम्परा र प्रथाको बारेमा ज्ञान भएको व्यक्तिलाई प्राथमिकता दिनु पर्ने उल्लेख छ भने चौथो उपदफामा धार्मिकस्थलको पुजारी हुन सामान्यतयाः देहाय बमोजिमको योग्यता पूरा भएको हुनुपर्ने उल्लेख छ ।
(क) धार्मिकस्थलको आगम अनुसार पूजा आदिका मन्त्र र श्लोकपाठ गर्न सक्ने,
(ख) असल चरित्र र आचरण भएको,
(ग) सप्तव्यसनबाट मुक्त,
(घ) सरुवा रोगले ग्रस्त नभएको
त्यस्तै, उपदफा ५ ले पहिलो उपदफा बमोजिम नियुक्त हुने पुजारी तथा कामदारको दरबन्दी स्वीकृति, नियुक्तिको प्रक्रिया, पारिश्रमिक, काम, कर्तव्य, आचरण, सजाय र सेवाका अन्य शर्त तथा सुविधा तोकिए बमोजिम हुने उल्लेख छ ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु