एजेन्सी । मध्य प्रदेशमा पब्जी खेल्ने क्रममा एक १६ वर्षे किशोरको हृदयघात भएर मृत्यु भएको छ । शुक्रबार किशोरका पिता फरुन कुरेशीले दिएको जानकारी अनुसार उनका छोराले ६ घण्टासम्म मोबाइल फोनमा पब्जी खेलेपछि अचेत भएका थिए ।
मृत्यक किशोर फुरकान कुरेशी कक्षा १२ का विद्यार्थी हुन् । घटना मे २८ को हो जब फुरकान कुरेशी र उनको परिवार एक आफन्त विवाहमा भाग लिनको लागि राजस्थानको घरबाट मध्य प्रदेश गएका थिए । सोमबार अचेत हुनुपूर्व फुरकानले पब्जी खेल्दै ‘पड्काउ, हान’ भनेर चिल्लाएको उनका पिताले बताए ।
‘उ एकदमै सक्रिय केटा थियो । मेरो छोरा पब्जी खेलमा यति धेरै मग्न थियो कि उसले आइबार रातीदेखिदेखि सोमबार झिसमिसेसम्म खेलिरह्यो । विहान केही घण्टा सुत्यो अनि खाजा खाएर पुन खोल्न थाल्यो ,’ पिता हारुनले बताए ।
खेलमा उसको पात्रले हारेपछि उसले पड्काउ, पड्काउ भनेको सुनिएको हारुनले बताए । खेल खेल्ने क्रममा अचेत भएपछि किशोरलाई तत्कालै अस्पताल लगिएको थियो तर उनलाई व्युताउन सकिएन । ‘हामी कहाँ आउदाँ उसको मुटु धड्किन बन्द भइसकेको थियो । मैले धेरै कोसिस गरें तर उसको निधन भइसकेको थियो,’ कारडियोलोजिष्ट अशोक जैनले भनिन् ।
अर्का काडिर्योलोजिष्ट विपुल गर्गले भिडियो गेम खेल्दा कसरी मृत्यु हुन्छ भन्नेबारे प्रस्टाउदै भनिन् ,‘पछिल्लो समय आएका मोबाइल भिडियो गेम मानसिक रुपमै संलग्न गराउने खालका छन् । त्यसैले ती खेल खेल्ने बालबालिका खेलका कथा अनुरुप भावनात्मक उचारचडाव भोग्ने गर्छन् । बालबालिका र किशोरकिशोरीकै पनि कलिलो मष्तिकले ती खेल मात्र हुन भन्ने बुझ्न नसक्दा मुटुको समस्या भोग्छन् । ’ बालबालिकालाइ यस्ता खेलबाट टाढा राख्नुपर्ने गर्गले बताइन् ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते