जनकपुर- बेला-बेला विवाद र लफडामा पर्दै आएको धनुषाको जानकी मेडिकल कलेज पुन: विवादमा तानिएको छ। यस पाली जानकी मेडिकल कलेजका सञ्चालक समितिका अध्यक्ष ओमप्रकाश पाण्डे(ओपी पाण्डे)लाई जिल्ला प्रशासन कार्यालय धनुषाले पक्राउ पुर्जी नै जारी गरेको छ। पाण्डेले विभिन्न व्यक्ति, संस्था र कर्मचारीहरुको तलबलगायत लेनदेन बाँकी राखेकाले उनलाई पक्राउ पुर्जी जारी गरिएको छ।
‘कर्मचारीहरुको तलबवापतको लाखौं रुपैयाँ महिनौंदेखि दिएको छैन,’ जिल्ला प्रशासन कार्यालय धनुषाका प्रशासकीय अधिकृत दिनेश साहले भने, ‘विभिन्न निकायहरुबाट उजुरीहरु परेकाले पाण्डेलाई पक्राउ पुर्जी जारी गरिएको छ। ‘पाण्डेलाई पटक-पटक कार्यालयमा उपस्थित हुन पत्राचार गरेपनि वेवास्ता गरेकाले पक्राउ पुर्जी जारी गरिएको उनले बताए।
जेठ १५ गतेको मितिमा काटिएको पक्राउ पुर्जीमा एक दिनभित्र पाण्डेलाई उपस्थित गराउन भनिएको छ। लामो समयदेखि पाण्डेले कर्मचारी तथा अन्य व्यवसायीहरुको रकम भुक्तानी नगरी आलटाल गर्दै आएका छन्। उनले धेरैपटक छलफलमा भुक्तानीको समय निर्धारण गरेपनि रकम दिएका छैनन्।मेडिकल कलेजका प्राचार्य डा हुकुमदेव साहले समेत तलबका लागि प्रशासन कार्यालयमा उजुरी दिएका छन्। उनीविरुद्ध धेरै नर्स र चिकित्सकहरुको उजुरी परेको छ। उनीहरुले तलब उपलब्ध गराएर कलेजबाट अवकास लिने माग उजुरी पत्रमा गरेका छन्।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु