पर्वत : दक्षिण पर्वतको विहादी गाउँपालिकामा सात वर्षीया बालिका बलात्कृत भएकी छिन् । विहादी गाउँपालिकाकी ती बालिकालाई स्थानीय १९ वर्षीय सुरज परियारले बिहीबार साँझ बलात्कार गरेको प्रहरीले जनाएको छ ।
चन्द्र माध्यमिक विद्यालयमा ज्यामी काम गर्दै आएका जिल्लाको पैयूँ गाउँपालिका–६ सरौँखोला घर भएका सुरजले विद्यालयको केही तल लगेर ती बालिकालाई जबर्जस्ती गरेको स्वीकार गरेको हुवास इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक मित्रबहादुर आचार्यले जानकारी दिए ।
घटनापछि भाग्दै गरेका उनलाई इलाका प्रहरी कार्यालयको टोलीले राति ८ बजे उरामबाट पक्राउ गरिएको र पीडित बालिकाको स्वास्थ्य परीक्षणका लागि पोखराको गण्डकी अञ्चल अस्पतालमा पठाइएको छ । पक्राउ परेका सुरजलाई अनुसन्धानका लागि सदरमुकामतर्फ ल्याउन लागिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख स्यामु अर्यालले जानकारी दिए ।
सम्बन्धित खबर
दोस्रो राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव शुरु
लेकबाट बेसी झर्न थाले भेडाका बथान
करमा छलकपट गर्नेलाई बढी दण्ड: प्रमुख कर अधिकृत शर्मा
ट्रायल सेन्टरमा मन्त्री केसीको छड्के निरीक्षण
विश्वकप खेल्ने गण्डकीका खेलाडी र संघ अध्यक्ष सम्मानित
सफल फेमिली मिल्क बजारमा, ‘ढुक्क भई पिऔँ, इम्यूनिटी बढाऔँ’
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते