बीमा रकम पाउने आशमा आफ्नै पसलमा आफैँले ३२ लाखकाे धनमाल चाेरी गर्ने उमेश पक्राउ !

बीमा रकम पाउने आशमा आफ्नै पसलमा आफैँले ३२ लाखकाे धनमाल चाेरी गर्ने उमेश पक्राउ !

chori

बीमा रकम प्राप्त गर्नका लागि आफ्नै पसलमा चोरी गरी स्थानीयलाई झुक्याएको आरोपमा प्रहरीले घिमिरे इलेक्ट्रिक एण्ड इलेक्ट्रोनिक्सका सञ्चालक उमेश घिमिरेलाई पक्राउ गरेको छ । घिमिरेले गत जेठ ११ गते आफ्नो पसलमा चोरी भएको र पसलबाट तीन लाख १२ हजार नगदसहित  ३२ लाख ९३ हजार दुई सय ८४ रुपैयाँ बराबरको इलेक्ट्रिक एण्ड इलेक्ट्रोनिक सामग्री हराएको भन्दै प्रहरीमा उजुरी दिएका थिए ।

उजुरीका आधारमा अनुसन्धान गर्दा पसल सञ्चालकमाथि नै शङ्का लागेपछि प्रहरीले उनलाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भट्टराईको नेतृत्वमा अनुसन्धान टोली गठन गरी अनुसन्धान गर्दा घिमिरे स्वयंले सामान लुकाएर चोरी भयो भन्दै भ्रम फिँजाएको पाइएको छ ।

मकवानपुरका प्रहरी प्रमुख मुकेशकुमार सिंहले बैंकको ऋण तिर्न तथा बीमा रकम प्राप्त गर्नका लागि धिमिरेले योजनाबद्धरुपमा पसलमा चोरी भयो भनी भ्रम छरेको पाइएको बताउँदै चोरी भएको भनिएको सामग्री हेटौँडा–४ पारिजातपथमा एक घरबाट बरामद गरेको जानकारी दिए ।

बैंकले ५० लाख रुपैयाँ ऋण तिर्नका लागि निरन्तर ताकेता गरेपछि उनले यस्तो योजना बनाएको खुल्न आएको प्रहरी नायब उपरीक्षक भट्टराईले बताए । उनलाई आजदेखि म्याद थप गरी थप अनुसन्धान गर्ने र कानूनबमोजिम कारवाहीको तयारीसमेत गर्ने प्रहरीले जनाएको छ । nayapatrikadaily

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds