बुटवल । नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ले प्रधानमन्त्री पद आलोपालो गर्नु गलत भएको बताएका छन् । पार्टी एकीकरण पछि प्रधानमन्त्री पदमा नेपाल कम्युष्टि पार्टी (नेकपा) का एक अध्यक्ष प्रचण्डले आलोपालो खोजेको चर्चा आएको बेला वैद्यले यस्तो टिप्णणी गरेका हुन् ।क्रान्तिकारी पत्रकार महासंघले आज बिहान बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्रीमा प्रचण्डले भाग खोज्जु मर्यादित नभएको बताए ।पार्टी एककिरण न नटुङ्गिको अवस्थामा पार्टीभित्र आलोपालो माग्नु गलत भएको उनको भनाई थियो ।
कम्युनिष्टका नाममा बनेको ओली नेतृत्वको सरकारले कम्युनिष्टहरुकै बदनाम गरिरहेको पनि उनले आरोप लगाए । उनले सरकारले आफ्ना गलत क्रियाकलाप सार्वजनिक हुने डरले मिडिया काउन्सिल विधेयक ल्याएको पनि खुलाए । वैद्यले वितरणमुखी बजेटले विकास र निकास दुवै दिन नसक्ने भन्दै आर्थिक वर्ष २०७६।७७ को बजेटको आलोचना गरेका छन् । समृद्धि नेपाल सुखी नेपालको नारा सरकारले लगाएपनि अहिलेको सरकारबाट सम्भव नभएको वैद्यले दाबी गरे ।
‘१५ खर्ब बजेटमा ४ खर्ब विकास बजेटमा ४ खर्ब नै ऋण छ, अनि कसरी विकास हुन्छ ?, उनले प्रश्न गरे । व्यापार घाटा बढ्दै गएको अवस्थामा उद्योग, व्यवसाय र कृषि मैत्री बजेट आउन नसकेको उनको जिकिर थियो । क्रान्तिकारी पत्रकार महासंघको कार्यक्रम उद्घाटन गर्न वैद्य बुटवल आइएका हुन् ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु