पोखराको खुल्ला आकाशमुनि आजदेखि १४ देशका ५ हजार युवाले ५ दिन बिताउदै

पोखराको खुल्ला आकाशमुनि आजदेखि १४ देशका ५ हजार युवाले ५ दिन बिताउदै

basundhara-park

पोखरा । पोखराको खुल्ला आकाशमुनि १४ देशका ५ हजार युवाहरुले आउँदो ५ दिन बिताउने भएका छन् । नेपाल स्काउटको आयोजनामा आजदेखि सुरु हुने प्रथम राष्ट्रिय रोभर मुटका सहभागिहरुले टेण्ट र त्रिपालको भरमा फेवाताल किनारको कोमागाने पार्कमा ५ दिन बिताउने भएका हुन् ।

नेपालसहित १४ देशका १६ देखि २५ बर्ष उमेर समुहका युवाहरुले ५ दिन बिताउने भएको नेपाल स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीले जानकारी दिए । युवा लक्षित विभिन्न छलफल, गोष्ठी, सहासिक खेल गतिविधि रक क्लाइम्बिङ, नेट क्रलिङ, ब्यालेन्सिङ बडी, स्विङ बोर्ड, रोप क्रसिङ, टाइगर जम्प, टायल वाल, आर्चरी, याफ्ट बोटिङ, जस्ता खेल संचालन गरिने संयोजक भण्डारीले जनाए ।

कार्यक्रम बारे जानकारी दिन बिहिबार पोखरामा आयोजित पत्रकार सम्मेलन

सहभागीहरुलाई टेण्ट र त्रिपालमा आवासिय सहितको सुविधा उपलब्ध गराइएको छ । त्यसका लागि प्रति सहभागिबाट ३ हजार ५ सयका दरले शुल्क लिइएको भण्डारीले बताए । कार्यक्रममा नेपालसहित, भारत, बङ्गलादेश, जोर्डन, हङकङ,अमेरीका, फिलिपिन्स, बेलायत, मलेसिया, थाईल्याण्ड, युगाण्डा, ताइवान, इजिप्ट र लग्जमवर्ग गरी १४ देशका प्रतिनिधि सहभागि हुनेछन् ।

कार्यक्रममा नेपालका सातै प्रदेश भित्रका ७ सय ५३ स्थानीय तहका युवायुवतीको सहभागिता हुनेछन। यो कार्यक्रमले पोखराको पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने विश्वास गरिएको छ । युवा युवतीहरूको शारीरिक, बौद्धिक, सामाजिक पक्षहरुको विकास गराई उनीहरुमा रहेको क्षमता प्रस्फुटन गर्ने कार्यक्रमको उद्देश्य रहेको छ । यसले गर्दा उनीहरुलाई समाज विकासको अभियानमा सरिक गराउन सकिने आयोजकको विश्वास छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ