नबलपरासीमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, २२ घाइते

नबलपरासीमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, २२ घाइते

Death person

नबलपरासी : नबलपरासीको देवचुली नगरपालिका वडा नम्बर २ स्थित पूर्व -पश्चिम राजमार्गमा ट्रक र बस ठोक्किँदा तीन जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् ।

बिहिबार पूर्व-पश्चिम राजमार्गमा ना २ ख ४८९० नम्बरको ट्रक ना ४ ख ५२९५ नम्बरको बस एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा परी गैंडाकोट नगरपालिका वडा नम्बर १४ बस्ने वर्ष ६५ की कुमारी सुनारी, ७० वर्षिय जमुना माप्चन र हाल सम्म नाम थर वतन नखुलेकी अन्दाजी वर्ष ३५र४० की एक महिलाको मृत्यु भएको छ भने अन्य २२ जना घाइतेहरुको अस्पतालमा उपचार भईरहेको छ । घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रदेश प्रहरी कार्यालय, पोखराले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

ट्रेन्डिङ