सामान पुर्‍याउने डेलिभरी बोयलाई कुकुरले लखेटेपछि… (भिडियो)

सामान पुर्‍याउने डेलिभरी बोयलाई कुकुरले लखेटेपछि… (भिडियो)

do_SBKunFmmWX

काठमाडौं – बेलायतमा घरघरमा गएर सामान डेलिभरी गर्ने एक युवकलाई कुकुरले लखेटेको छ ।  घरको सीसीटीभी क्यामरामा घटनाको भिडियो रेकर्ड भएको छ । डेलिभरी बोय र कुकुरको लखेटालखेटको रमाइलो भिडियो सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।

डेलिभरी बोयले नीलो रंगको कार पार्क गरेर डेलिभरीका लागि घरको ढोका ढकढक्याउँछ । त्यतिखेर त्यहाँ एउटा कुकुर हुन्छ । कुकुरले उसलाई लखेट्छ अनि ऊ आत्तिएर भाग्न थाल्छ । उसले ल्याएको सामान पनि   झर्छ ।

आइतवार रोजेन्डेलमा यो घटना भएको हो । अन्त्यमा घरकी मालिक्नीले नै कुकुरबाट डेलिभरी बोयलाई बचाउँछिन् । कुकुरले टोक्दैन भनी घरमालिकले सम्झाउन खोज्दा पनि डेलिभरी बोय ज्यान जोगाउन दौडिरहन्छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

ट्रेन्डिङ