एजेन्सी : चीनको जियाङ्सु प्रान्तको हुइनान नगरबाट प्रहरीले टेलिकम तथा अनलाइन ठगीमा संलग्न शंकास्पद ३१ जनालाई पक्राउ गरेको छ । यी व्यक्तिले करिब १ लाख ३० हजार अमेरिकी डलरबराबरको ठगी गरेको प्रहरीको आशंका छ ।
गत जुलाईमा एक जना लिउ नाम बताउने व्यक्तिले स्थानीय प्रहरीसमक्ष अनलाइनमा भेटिएकी एक किशोरीमार्फत आफू ठगिएको उजुरी गरेका थिए । लिउले ती किशोरीसँग १२ दिनसम्म अनलाइन कुराकानी गरेको बताएका थिए ।
ती किशोरीको आग्रहमा आफूले एउटा लगानी फर्ममा १ हजार चिनियाँ मुद्रा युआन पठाएको लिउले बताएका थिए, तर एक साता नपुग्दै उनलाई ५ हजार युआन कमाएको भनिएको थियो । लिउलाई आफूले कमाएको रकम झिक्न सेवा शुल्क बुझाउन भनियो, तर सेवा शुल्क बुझाए पनि उनले पैसा पाएनन् र उनकी अनलाइन किशोरी पनि बेपत्ता भइन् ।
विस्तृत अनुसन्धानपश्चात् प्रहरीले शेन्जेन र बेइजिङका साथै हेनान र हुबे प्रान्तबाट ३१ जनालाई पक्राउ गरेको हो । किशोरीको नक्कली नाममा पुरुषहरूले नै प्रेममय सम्बन्ध गाँसेको प्रहरीले बताएको छ । त्यसपछि नक्कली फर्ममा लगानी गर्न मानिसहरूलाई उक्साउने गरेको अनुसन्धानमा खुलेको थियो । प्रहरीले यस घटनामा थप अनुसन्धान गरिरहेको बताएको छ ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते