गण्डकी प्रदेशलाई खुशीको खबर, कोरला नाकामा भन्सार कार्यालय खुल्ने

गण्डकी प्रदेशलाई खुशीको खबर, कोरला नाकामा भन्सार कार्यालय खुल्ने

korala naka

गण्डकी प्रदेशको उत्तरी नाका मुस्ताङ जिल्लामा भन्सार कार्यालय स्थापना हुने भएको छ । अर्थमन्त्री युवराज खतिवडाले संसदमा आगामी आर्थिक बर्षका लागि बजेट प्रस्तुत गर्दै गर्दा मुस्ताङ जिल्लामा भन्सार कार्यालय खोल्नका लागि बजेट बिनियोजन गरेको बताएका छन् ।

नेपाल र चिनको सिमानामा पर्ने कोरला नाकाबाट अन्तराष्ट्रिय ब्यापार बिस्तार गर्ने गण्डकी प्रदेश सरकारको पनि सोच छ । मुस्ताङको लोमान्थाङमा पर्ने कोरला नाकामा चिनले धमाधम भौतिक निर्माण गरिरहेको छ । चिनको तर्फबाट बनाइएको भन्सार कार्यालय लगभग सकिएको छ । तर नेपाली पक्षबाट निर्माण गरिएको छैन ।

नेपालले कोरलानाकासम्म सडक भने दु्रत गतिमा निर्माण गरिरहेको छ । सो सडक सकिए लगत्तै दुई देशबीचको ब्यापार शुरुवात गर्नका लागि भन्सार कार्यालयको अति आवश्यकता थियो । सो आवश्यकतालाई सम्बोधन गर्दै सरकारले यो बर्षका लागि बजेट बिनियोजन गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds