सदनमा छलफल नभई पोखरामा ‘इन्जोय जोन’ बनाउने घोषणा !

सदनमा छलफल नभई पोखरामा ‘इन्जोय जोन’ बनाउने घोषणा !

gandaki-pradesh-sava-f

 पोखरा । नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले प्रदेश सरकारले सदनमा छलफल नगरी पोखरामा ‘इन्जोय जोन’ बनाउने धोषणा गरेको भन्दै यसले धर्म संस्कृतिमा नकारात्मक असर पर्ने तर्क गरेका  छन् । बुधबार भएको प्रदेश सभाको चौथो अधिवेशनको पहिलो बैठकमा बोल्दै नेता नेपालीले प्रदेश सरकारले ‘इन्जोय जोन’ का लागि भन्दा पर्यटकीय गन्तव्यहरुमा लगानी गर्नु उचित हुने प्रस्टाए ।

‘पोखरामा ‘इन्जोय जोन’ बनाउने बिषयमा सदनमा छलफल नै नभएको कुरा एकाएक बाहिर आउँदा अचम्मित भएँ । ‘इन्जोय जोन’ रेडलाइट एरियामात्र हैन लागु पदार्थ सेवनको केन्द्र समेत हुन सक्छ’ उनले भने ‘इन्जोयजोनको डिपिआर बनाउन ९ करोड विनियोजन गरेको कुरा सुनिन्छ । मन्त्री, मुख्यमन्त्रीले पोखरामा रेडलाइट एरियाको प्रशंग उठाउँदा यसले हाम्रो धर्म, परम्परा, संस्कृतिमा गम्भिर असर पार्छ । यस्तो बिषयमा सरकारले लगानी गर्नु भन्दा पर्यटकीय गन्तव्यहरुमा लगानी गर्नु पर्छ ।’

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds