पछिल्लो समय इरान र अमेरिकाको सम्बन्ध तनावमा छ। अमेरिकाले मध्यपूर्वका आफ्ना सहयोगी देशमा रहेका नागरिक र सैन्य क्याम्पमाथि इरानले आक्रमण गर्न सक्ने बताएको छ। त्यसबाट जोगिन भन्दै उसले मध्यपूर्वमा आफ्ना सैनिक बढाएको छ भने तेहरानमाथि प्रतिबन्ध थपेको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले यदि इरानले युद्ध सुरू गरे ऊ सकिने चेतावनी दिएका छन्।
विश्वकै शक्तिशाली अमेरिका र आणविक राष्ट्र इरानबीचको यो द्वन्द्वमा नेपालको सोझै सम्बन्ध छैन। तर अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले यो मामिलामा नेपाललाई पनि जोडेका छन्।
बुधबार संयुक्त अरब इमिरेट्सको राजधानी आबुधावीमा बोल्टनले मे महिनाको सुरूमा चार वटा पानीजहाजमा भएको आक्रमण इरानले गरेको दाबी गरे। अमेरिकासहित पाँच देशले गत मे १२ मा सी अफ ओमनमा चार वटा पानीजहाजमाथिको आक्रमणको अनुसन्धान गरिरहेका छन्।
‘वासिङ्टनका कसैलाई पनि आक्रमणमा को जिम्मेवार छ भन्नेमा द्वुविधा छैन,’ बोल्टनले संवाददाताहरूसँग भने, ‘तपाईं यस्तो अरू कसले गर्यो होला भन्ने सोच्नुहुन्छ? कोही नेपालबाट आएर गर्यो होला त?
मे १२ मा फुजैराह भन्ने ठाउँमा तेल बोकेका चार जहाजमाथि आक्रमण भएको थियो। तीमध्ये दुई साउदी अरेबियाका, एउटा नर्वेको र अर्को युएईको थियो। घटनामा कुनै मानवीय क्षति भने भएको थिएन।
फुजैराह ओमन र इरानको बीचमा पर्ने तेल निर्यात टर्मिनल हो। जहाजहरू त्यहाँबाट गल्फ छिर्छन् । इरानले भने उक्त आक्रमण आफूले नगरेको दाबी गर्दै आएको छ। इरानका विदेश मन्त्री अब्बास मौसवीले बोल्टनको भनाइ हास्यास्पद भएको बताएका छन्।
सम्बन्धित खबर
विपिन जोशी रिहा हुने आस बढ्यो, हमासको नयाँ प्रस्ताव
क्यानडाको टोरन्टोमा अवतरण गर्ने क्रममा विमान पल्टियो, ३ जना गम्भीर
नयाँदिल्ली रेलवे स्टेसनमा भागदौड हुँदा १८ जनाको मृत्यु, २५ भन्दा बढी घाइते
लेबनानमा शान्ति सेनामाथि आक्रमण, उपरथी ढकाल घाइते
महाकुम्भमा सवारी दुर्घटना हुँदा १० श्रद्धालुको मृत्यु, १९ घाइते
नेपाल भ्रष्टाचार हुने मुलुकको १०७ औँ स्थानमा
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते