चीनको प्रतिष्ठित दैनिक पत्रिका पिपुल्स डेल्लीको अनलाइन संसकरणले केही दिनअघि एउटा भिडियो सार्वजनिक गर्यो । भिडियोको शीर्षक दिइयो ‘द विज्डम अफ चाइनिज वर्किङ क्लास । चिनियाँहरुले आफ्नो कामलाई कसरी सहज र सरलीकरण गर्छन् भने यहाँ भिडियो बनाइएको छ । ८ वटा छुट्टाछुट्टै कामलाई उनीहरुले यहाँ प्रस्तुत गरेका छन् ।
पिपुल्स डेलीले सार्वजनिक गरेको भिडियोको चौँथो भागमा महिलाहरुले संरचना निर्माणका लागि आवश्यक गिट्टी तथा बालुवाहरु थुन्सेमा हालेर बोकेको देखाइन्छ । यद्यपि न त त्यो भिडियो चीनको नै थियो, न त उनीहरु चिनियाँ नागरिक नै थिए ।
भिडियोको पृष्ठभूमिमा बा ५ च २८५५ नम्बरको कार गुडिरहेको देख्न सकिन्छ भने पछाडिको दृश्य पनि नेपालकै हो । थुन्सेमा निर्माण सामग्री हालेर बोक्ने महिलाहरु पनि चिनियाँ नागरिक नभएर नेपाली नै थिए । तर पिपुल्स डेली आफैले बनाएको यो भिडियोमा किन नेपाल र नेपालको दृश्य राखेर चिनियाँ भनियो, त्यो खुलाइएको छैन ।
नेपाल आफैमा सार्वभौमसत्ता सम्पन्न देश हो ।
तर पिपुल्स डेलीले जारी गरेको भिडियोमा नेपाल र नेपालीकोसमेत दृश्य राख्दै चिनियाँ नागरिकको काम गर्ने बुद्धिमता भन्नु मानवीय कमजोरी वा नियत थियो, प्रश्न उठेको छ । पिपुल्स डेलीले भने हालसम्म पनि यो भिडियोबारे थप केही बताएको छैन ।
हेर्नुहोस् ३६ सेकेन्डको यो भिडियो ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु