किरण श्रेष्ठ, तनहुँ । तनहुँको व्यास नगरपालिकाका र जिल्ला समन्वय समिति तनहुँको दुई कर्मचारी विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार आरोप पत्र दायर गरेको छ ।
आयोगले जिल्ला समन्वय समिति कार्यालय तनहुँका प्राविधिक सव इन्जिनियर खगेन्द्र खवास र व्यास नगरपालिकाका तत्कालिन सवइन्जिनियर निर्मल वाग्ले विरुद्ध आरोप पत्र दायर गरेको हो ।
व्यास ४ स्थित कालिका सहिद शान्ति पार्क निर्माणका क्रमममा कालिका मन्दिरको नगरेको कामको प्रतिवेदन पुष्टि गर्ने कार्य गरेको भन्दै खवास र वाग्ले विरुद्ध अभियोग दायर गरिएको अख्तियारका प्रवक्ता प्रदिप कुमार कोइरालाले बताए ।
अख्तियारले उनीहरु विरुद्ध विशेष अदालत काठमाण्डौंमा आरोप पत्र दायर गरेको छ । प्रवक्ता कोइरालाका अनुसार मन्दिर निर्माणका लागि आएको रकम हिनामिना गरेको, समितिले आन्तरिक लेखापरीक्षण नगरेको र आयव्यय विवरण स्पष्ट सार्वजनिक नगरेको भन्ने उजुरी अख्तियारमा परेको थियो ।
सोही उजुरी अनुसन्धान पछि अख्तियारले अभियोग पत्र दायर गरेको हो ।
समितिका सदस्यहरुलाई के होला ?
अख्तियारले कर्मचारी विरुङ्ग मुद्दा चलाएपनि कालिका मन्दिर संरक्षण समितिका पदाधिकारीलाई के गर्छ भन्ने चासो बढेको छ ।
समितले काम मन्दिरमा निर्माण कार्यमा काम गर्दा अपारदर्शी ढङ्गबाट काम गरेको जनगुनासो आउने गरेको छ ।समितिको महत्वपुर्ण पदाधिकारीमा एकै ब्यक्तिहरु लामो समय सम्म रहेका कारण पनि त्यहाँ अनियमितता भएको श्रोतले बतायो ।
सो मन्दिर निर्माण समितिमा नेकपाका नेता एक बहादुर रानाको समेत महत्वपुर्ण सहभागिता रहदैँ आएको छ ।
मुद्दा दायरसँगै रानामाथि समेत प्रश्न चिन्ह खडा भएको छ । विशेष गरेर कालिका मन्दिर तथा पार्क निर्माण समितिको नाममा विभिन्न कार्यालयबाट बजेट ल्याई एउटा काम गरी सोही कामका आधारमा अन्य कार्यालयबाट आएको रकम लिने गरेको श्रोतले बतायो ।
समितिले विभिन्न ब्यक्तिहरुले दिएको दान रकम समेत राम्रो अभिलेख नराखेको श्रोतले बतायो ।
सम्बन्धित खबर
स्याङ्जाका किसानले बेचे ६० लाखको सुन्तला
नवग्रह मन्दिर अनुष्ठानमा डा. स्वामी केशवानन्दले दर्शन गरि दिए प्रवचन
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
तस्वीरमा लमजुङको घलेगाऊँ
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते