तनहुँ । रोट्रयाक्ट क्लब अफ दमौलीको आयोजनामा तनहुँको दमौलीमा सचिन स्मृति खुल्ला दौड प्रतियोगिता हुने भएको छ ।
“स्वार्थ भन्दा माथी सेवा” एवम् “साथित्व र भातृत्व संगै सेवा ” भन्ने मुल नाराका साथ क्लबले विगतका वर्षदेखि गर्दै आएको सचिन स्मृति खुल्ला दौड प्रतियोगितालाइ यस वर्ष पनि निरन्तरता दिइएको हो ।
२०६९ साल चैत्र २६ गते कोलकत्तामा रोटरीको कन्फ्रेन्समा भाग लिन जाने क्रममा बस दुर्घटना भइ निधन भएका तत्कालिन सहसचिव स्व.सचिन कुमार श्रेष्ठको स्मृतिमा सन् २००३ देखि खुल्ला दौड प्रतियोगिता आयोजना गर्दै आएको छ ।
रोट्रयाक्ट क्लब अफ दमौलीले २००३ देखी हरेक वर्ष सचिन स्मृति खुल्ला दौड प्रतियोगिता गर्दै आएको बुधबार दमौलीमा पत्रकार सम्मेलन गरि जानकारी दिइएको हो ।
क्लबका पुर्व अध्यक्ष सन्तोष श्रेष्ठले क्लबले स्व.सचिन कुमार श्रेष्ठको सम्झानामा हुदै आइरहेको खुला दौड प्रतियोगिता यहि जेठ १८ गते गर्न लागिएको बताए। खुल्ला दौड प्रतियोगितामा करिव १०० जना धावकहरुको सहभागीता रहने क्लबका अध्यक्ष विपिन श्रेष्ठले बताए ।
दौडको रुट दमौलीको अनसन चौतारी देखि सफासडक तालघरे हुँदै घाँसिकुवा पुगि सोहि रुट फिर्ता भइ पुन अनसन चौतारी आउनु पर्नेछ । उक्त दौडको रुट ८ किलोमिटरको हुनेछ ।
उक्त दौड प्रतियोगितामा प्रथम हुने प्रतियोगिले नगद ८ हजार ५ सय, द्वितीय हुनेले नगद ५ हजार ५ सय, तृतिय हुनेले नगद ३ हजार ५ सय र सान्त्वना हुने दुई जनाले नगद १ हजार १ सय १ पुरस्कार प्राप्त गर्नेछन् ।
उक्त दौड प्रतियोगितामा भाग लिन दर्ता निशुल्क रहेको र क्लबमा सम्पर्क राख्न सकिने कार्यक्रम बताइएको थियो । यो रोट्रयाक्ट क्लब अफ दमौलीको मुख्य कार्यक्रम समेत हो ।
सम्बन्धित खबर
स्याङ्जाका किसानले बेचे ६० लाखको सुन्तला
नवग्रह मन्दिर अनुष्ठानमा डा. स्वामी केशवानन्दले दर्शन गरि दिए प्रवचन
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
तस्वीरमा लमजुङको घलेगाऊँ
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते