अरुण जेट्लीले आफूलाई सरकारमा सामेल नगराउन मोदीलाई लेखे पत्र

अरुण जेट्लीले आफूलाई सरकारमा सामेल नगराउन मोदीलाई लेखे पत्र

arun jd

दिल्ली – भारतमा हालै सम्पन्न लोकसभा निर्वाचनमा एक नम्बर बनेको दल भारतीय जनता पार्टी (भाजपा) का नेता तथा निवर्तमान रक्षा तथा अर्थमन्त्री अरुण जेट्लीले नयाँ सरकारमा आफूलाई सामेल  नगर्न आग्रह गरेका छन् ।

बुधबार उनले मोदीलाई पत्र लेखी आफू गम्भीर स्वास्थ्य समस्यासँग जुधिरहेको र त्यसको उपचार नै आफ्नो प्राथमिकता भएकाले हालका लागि कुनै जिम्मेवारी नदिन नरेन्द्र मोदीलाई आग्रह गरेका हुन् । उनले पत्रमा उल्लेख गरेका छन्, ‘म यो पत्रद्वारा मेरो उपचार र स्वास्थ्यका लागि आवश्यक फुर्सद दिनुहुनु अनुरोधका साथै हाललाई सरकारमा कुनै जिम्मेवारी लिन नसकिने अवस्थामा रहेको जानकारी पनि गराउँछु ।’  यसअघिको मोदी सरकारमा जेटलीले रक्षा तथा अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds