श्यामशितल परियार : लमजुङ–पर्यटकीय गाउँ लमजुङको घलेगाउँको बीच भागमा छ, सार्क भिलेज पर्यटन संग्रहालय । प्राकृतिक, साँस्कृतिक रुपमा भरिपूर्ण घलेगाउँको मूख्य आकर्षणको रुपमा रहेको छ, यस पर्यटन संग्रहालय पनि ।
अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप), साबिक उत्तरकन्या गाविस, तत्कालिन जिविस र स्थानीयको सक्रियतामा झण्डै १२ लाख बढिको लागतमा घलेगाउँमा पर्यटन संग्रहालय बनाईएको हो । क्वहोलासोँथार गाउँपालिका–३, घलेगाउँमा रहेको यस संग्रहालयको २०७३ साल माघ २२ गते राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी थिईन् ।
पर्यटकको रोजाइमा संग्रहालय
सार्क राष्ट्रकै नमूना गाउँको रुपमा परिचित घलेगाउँ अहिले ‘स्मार्ट भिलेज’को रुपमा आवश्यक भौतिक पूर्वाधारको विकास गर्दै अघि बढिरहेको छ । गाउँमा दिनहुँ सर्यौँ आन्तरिक तथा बाह्य पर्यटक पुगिरहन्छन् । घलेगाउँमा आउने पर्यटकको रोजाइमा पर्ने गरेको छ, पर्यटन संग्रहालय । घलेगाउँ पुग्ने पर्यटकहरु पर्यटन संग्रहालय अवलोकन गर्न ‘लालयित’ बन्छन् ।
घलेगाउँ आउने पर्यटकको पहिलो रोजाई नै पर्यटन संग्रहालय बनेको पर्यटन व्यवस्थापन, ग्रामिण पर्यटन घलेगाउँका सचिव उमल विकले बताए । ‘गाउँसम्म आउने सबै पर्यटकको मुख्य रोजाई नै पर्यटन संग्रहालय बन्न पुगेको छ । संग्रहालयमा पुगी फोटो खिच्ने र खिचाउनेको भीड नै लाग्ने गर्दछ,’ उनले भने, ‘संग्रहालयमा आउने पर्यटकमध्ये १५/२० प्रतिशत पर्यटक अध्ययन–अनुसन्धान कै लागि आउने गरेको पाएका छौँ ।’
हराउँदो गुरुङ सँस्कृति संरक्षणका लागि संग्रहालय हराउँदो गुरुङ सँस्कृति संरक्षणका साथै पर्यटक तान्नका लागि संग्रहालय बनाईएको क्वहोलासोँथर गाउँपालिकाका अध्यक्ष एवम् पर्यटन व्यवस्थापन, ग्रामिण पर्यटन घलेगाउँका अध्यक्ष प्रेमबहादुर घलेले बताए ।
पर्यटन संग्रहालयमा गुरुङ समुदायको जन्मदेखि मृत्यूसम्मका कार्यमा आवश्यक पर्ने सामाग्रीका साथै दैनिक जीवनमा प्रयोग हुने औजारहरु राखिएको छ । हस्तकलाका सामाग्री बुन्न प्रयोग हुने सामाग्रीहरु राखिएका छन् ।संग्रहालयमा तमू भेषभूषा, लत्ताकपडा, हस्तकलाका सामाग्री, बाँसको चोयाबाट निर्मित वस्तुहरु, ऊनबाट निर्मित राडीपाखी लगायतका सामाग्री राखिएको घलेगाउँ सञ्चालन समितिका अध्यक्ष गंगा उनले बताए ।
संगहालयमा बिदाको दिन पर्यटकको घुइँचो
सार्वजनिक बिदाको दिनमा पर्यटकको घुइँचो लाग्ने पर्यटन व्यवस्थापन, ग्रामिण पर्यटन घलेगाउँका कार्यालय सचिव दीर्घ घले बताउनुहुन्छ ।उहाँका अनुसार संग्रहालय अवलोकनका लागि प्रति नेपाली पर्यटकले २५ रुपैयाँ र विदेशी पर्यटकले ५० रुपैयाँ तिर्नुपर्छ ।‘संकलित पैसा संग्रहालयकै व्यवस्थापनमा खर्च हुँदै आएको छ,’ उनले भने ।
घलेगाउँमा आएर पर्यटन संग्रहालयको अवलोकन गर्न पाउँदा खुशी मिलेको राजेन्द्र बोहोराले बताउनुभयो ।‘यहाँ आएर पुराना महत्वपूर्ण चीजहरु हेर्न पाउँदा खुशी लाग्यो । यो संग्रहालय अध्ययन–अनुसन्धान गर्नेहरुको लागि पनि महत्वपूर्ण हुन सक्छ,’ संग्रहालयमा भेटिनुभएका उनले भने ।१ सय २० घरधुरी रहेको घलेगाउँमा अहिले ३४ घरले घरमा होमस्टे सञ्चालन गरेका छन् ।
सम्बन्धित खबर
गण्डकीको उपल्लो मुस्ताङमा प्रदेश प्रमुख, मुक्ति क्षेत्र र कोरला नाका अवलोकन भ्रमण [तस्वीरहरू]
आइएसएमटी कलेज पोखरामा रमाइलो ‘दशैं फेस्ट’ [तस्वीरहरू]
पोखरासहित देशभर धुमधामका साथ मनाइयो गाईजात्रा [फोटो फिचर]
जनैपूर्णिमामा देवालयमा श्रद्धालुको घुइँचो [तस्वीर]
पाल्पाको लाखे नाच पोखरामा देखाइयो [फोटो फिचर]
अन्तिम साउने सोमबार, केदारेश्वर मन्दिरको रौनक [तस्वीरहरू]
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
कथा सकिने डरले चलचित्र निर्देशक बनेका गायक प्रकाश सपूत
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी