सिंहदरवारमा एक्सन रुम : सातै प्रदेशका मुख्यमन्त्रीसँग एकैपटक छलफल

सिंहदरवारमा एक्सन रुम : सातै प्रदेशका मुख्यमन्त्रीसँग एकैपटक छलफल

pm with mukhye mantri

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल डिजिटल युगतर्फ अघि बढेको बताएका छन् । प्रधानमन्त्री कार्यलयमा बुधबार तत्काल समस्या समाधान कक्ष (एक्सन रुम) को  उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

एक्सन रुम उद्घाटन गरेर प्रधानमन्त्री ओलीले सातवटै प्रदेशका मूख्यमन्त्रीहरुसँग राज्य सञ्चालना विविध पक्षमा संक्षिप्त कुराकानी समेत गरेका छन् । प्रधानमन्त्री ओलीले एक्सन रुमले संघ र प्रदेशबीचको अन्तरक्रियामा सहज अवस्था आउने विश्वास व्यक्त गरे ।

उनले प्रविधिको प्रयोगबाट सुशासन र विकासमा महत्वपूर्ण सहयोग हुने अपेक्षा लिएको पनि बताएका छन् । एक्सन रुम निर्माण भएपछि सातवटै प्रदेशका मूख्यमन्त्रीसँग भिडियो कन्फरेन्स मार्फत एकै पटक छलफल गर्न,राष्ट्रिय गौरवका विकास प्रणाली जडान गरी अनुगमनको पनि अनुगमनलाई सार्थकता दिन सकिने बताइएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds