कोशीको धार परिवर्तन गर्ने गरीु भारतीय पक्षले नयाँ नहर बनाएर पानी छोडेपछि सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको आफूहरूको बस्ती जोखिममा परेको भन्दै स्थानीयवासीले सरकारको सहयोगको अपेक्षा गरेका छन् ।
सप्तरीको हनुमाननगर कंकालनी नगरपालिकाको वडा नं १३ का वडाध्यक्ष विन्देश्वर यादव भन्छन्, ूकोशी योजना अन्तर्गत भारतीय पक्षले कोशी व्यारेजको पश्चिमतर्फबाट नयाँ च्यानल बनाएर कोशीको बहावलाई पश्चिम मोडन खोजेपछि गोबरगाढा बस्ती नाकाबन्दीमा परेको छ।
उनले भने, हाम्रो गाउँ जान आउन कठिन भएको छ , कहिले मान्छे डुब्ला, कहिले मर्ला धेरै अनिश्चय भयो।हनुमाननगर कंकालिनी नगरपालिकाका मेयर शैलेश कुमार साह भन्छन्, पूर्वतर्फको कोशीको बहावले भारतीय भूमिमा डुवान र कटान गर्ने अवस्था आएपछि कोशीलाई पश्चिमतर्फ फर्काउँदा नेपाली बस्ती जोखिममा परेको छ।
मेयर साहका अनुसार भारतले नेपालीभूमिमा बनाएको संरचनाका कारण सप्तरीको हनुमाननगर, छिन्नमस्ता , कोइलाडी, तिलाठी र राजविराजक्षेत्र नै जोखिम पर्ने अवस्था छ । उनी भन्छन, पूर्वी तटबन्ध टुट्दा भारततर्फ धेरै नोक्सान हुन्छ आफनो नोक्सान जोगाउनका लागि मात्र पानीको बहाव परिवर्तन गर्न खोजेको हो, हाम्रोतिर खतरा बढाएको छ। स्थानीयवासीका अनुसार भारतीय पक्षले कोशी ब्यारेजदेखि पश्चिम तर्फबाट करिब १७ किलोमिटर तलसम्म नयाँ च्यानल बनाएको छ ।bbc
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु