अजरबैजानकी एक महिलाले लण्डनस्थित डिपार्टमेन्टल स्टोर ह्यारोड्समा १६ मिलियन पाउन्ड अर्थात् २ अर्ब २५ करोड रुपैयाँ बढीको सपिङ गरेको खुलासा भएको छ । स्रोत नखुलेको सम्पत्तिबारे बेलायतमा गरिएको पहिलो अनुसन्धानमा यस्तो खुलासा भएको हो ।
जामिरा हाजियभाले एकै दिनमा ६ लाख पाउन्ड (८ करोड ४७ लाख रुपैयाँ) सम्म खर्च गरेको पत्ता लागेको छ । उनले फेसन ब्रान्ड, गहना र परफ्युममा करोडौं खर्च गर्ने गरेको तथ्य फेला परेको छ । साथै, उनले एकैपटक ३० हजार पाउन्ड (४२ लाख रुपैयाँ) खर्च गरेको र ह्यारोड्स स्टोरको खेलौना विभागबाट १४ करोड बढीको खेलौना किनेकी छिन् । हाजियभा, अजरबैजानका बैंकरकी श्रीमती हुन् । अहिले उनी जेलमा छन् ।
उनलाई खर्च गरिएको रकमको स्रोत उपलब्ध गराइदिन निर्देशन दिइएको छ । साथै, उनी र उनका श्रीमानले कसरी यत्तिका सम्पत्ति जोड्न सके भनेर जवाफ माग गरिएको छ । यो जोडीको एउटा घर ११.५ मिलियन पाउन्ड (१ अर्ब ६२ करोड रुपैयाँ) को छ । उनीहरुको यो घर ह्यारोडबाट केही मिनेटमात्रै टाढा छ ।
उनको यो खर्चको विवरण अदालतमा पेश गरिएको छ । अदालतमा प्रस्तुत विवरण अनुसार उनले बाउचेरन नामको गहनाको ब्रान्डमा ४ मिलियन पाउन्ड (५६ करोड रुपैयाँ) खर्च गरेकी छिन् ।हाजियभाले कार्टियर नामको विलासी गहना र घडीको ब्रान्डमा १.७५ मिलियन पाउन्ड (२४ करोड रुपैयाँ) खर्च गरेकी छिन् । साथै, उनको १.१ मिलियन पाउन्ड (१५ करोड रुपैयाँ)को हिराको औंठी बेलायतको राष्ट्रिय अपराध एजेन्सी (एनसिए) ले अनुसन्धानको क्रममा जफत गरेको छ ।
उनले ह्यारोड्सको परफ्युममा २ लाख ५० हजार पाउन्ड (३५ करोड रुपैयाँ) र डेनिस बासो, सेलिन, फेन्डी र क्रिस्चियन डियोरलगायतका प्रत्येक लग्जरी ब्रान्डमा १ लाख पाउन्ड अर्थात् १ करोड ४५ लाख रुपैयाँ खर्च गरेको देखिन्छ । रेकर्ड अनुसार उक्त खर्च उनले एकै दिन गरेकी थिइन् ।
यसका साथै, बेल्जियन चकलेट निर्माता गोदिभामा उनले एकै दिन ३० हजार पाउन्ड ४२ लाख रुपैयाँ खर्च गरेकी छिन् । साथै, वाइन र स्पिरिटमा दुई हजार चार सय पाउन्ड (३ लाख ३९ हजार रुपैयाँ) थप खर्च गरेकी छिन् ।
अदालतमा प्रस्ततु गरिएको दस्तावेज सबै सामानको विवरण नभएपनि एनसिएले जफत गरिएका केही सामानबारे जानकारी दिएको छ । कार्टियरको हिराको औंठीबाहेक उनीहरुले ४ लाख पाउन्ड (५ करोड ६६ लाख रुपैयाँ) का ४९ थान गहना जफत गरिएको छ । यी गहना लण्डनस्थित लिलामी घरबाट हाजियभाका छोरीका लागि लिइएको थियो । श्रीमान् जाहाङ्गिर हाजियभ, ५७, सन् २००१ देखि २०१५ सम्म राज्य नियन्त्रित इन्टरनेशनल बैंक अफ अजरबैजानका अध्यक्ष थिए । पछि उनलाई बाकु, अजरबैजानमा धोकाधडी र भ्रष्टाचारको आरोपमा १५ वर्षको जेल सजाय तोकिएको छ ।
सम्बन्धित खबर
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
अनुदानमा प्राप्त ९ रुपैयाँको नुन किन्न २५ सय खर्च
मिठ्ठो पिरो क्यान्डी ‘रिमझिम बल’ आजको दिनमा पनि किन सान्दर्भिक छ ?
रविलाई पर्सा लगिँदै
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
कथा सकिने डरले चलचित्र निर्देशक बनेका गायक प्रकाश सपूत
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी