धुर्मुस-सुन्तलीले निर्माण गरिरहेको क्रिकेट रंगशाला भत्काइयो

धुर्मुस-सुन्तलीले निर्माण गरिरहेको क्रिकेट रंगशाला भत्काइयो

dhurmush and suntali

चितवन : धुर्मुस सुन्तलीले निर्माण गरिरहेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला स्थानीयले भत्काएका छन्। बुधबार बिहान रंगशालाको बार र संरचना भत्काइएको बताइएको छ। उक्त रंगशाला कलाकारद्वय सीताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीले निर्माण गरिरहेका हुन ।

रामपुर कृषि क्याम्पसका लागि अधिग्रहण गरेको जग्गामा क्रिकेट रंगशाला निर्माण गर्न थालेपछि विवाद भएको थियो। केही स्थानीयले रंगशालाको बार र निर्माण गरेको भौतिक संरचना भत्काएको प्रहरीले पुष्टि गरेको छ।

बार भत्काउने केही व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरूले किन भत्काए भन्ने स्पष्ट भइनसकेको प्रहरीले जनाएको छ। उनीहरूलाई जिल्ला प्रहरी कार्यालय चितवनमा राखिएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ