बम विष्फोट भएर ४ जनाको निधन हुनुमा मुख्य दोषी केपी सरकार : विप्लव (विज्ञप्तिसहित)

बम विष्फोट भएर ४ जनाको निधन हुनुमा मुख्य दोषी केपी सरकार : विप्लव (विज्ञप्तिसहित)

biplop mahobadi

काठमाडौं– नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आइतबार काठमाडौंमा भएको बम विष्फोटमा परेर आफ्ना ४ जना नेता कार्यकर्ताको निधन भएको स्वीकारेको छ । सोमबार सो पार्टीका महासचिव विप्लवले एक विज्ञप्ति जारी गरी सो घटनामा ४ जनाको निधन भएको बताएका हुन् ।

विज्ञप्तिमा  विष्फोटमा परेर पार्टी जनमुक्ति सेना र जवसका कमाण्डर महान, पार्टी कार्यकर्ता दीपेन्द्र, प्रज्वल शाही र निरन्तरको निधन भएको जनाइएको छ । महासचिव विप्लवले यो घटना हुनुमा मुख्य दोषी केपी सरकार र उसको फाँसीवादी दमन मुख्य कारण रहेको स्पष्ट पारेका छन् ।

विज्ञप्तिमा सोमबार आह्वान गरिएको नेपाल बन्द पूर्ण रुपमा सफल भएको दाबी गरिएको छ । विज्ञप्तिमा राज्य आतंक, जनदमन र राष्ट्रघातका विरुद्ध सम्पूर्ण कम्युनिष्ट क्रान्तिकारीहरु, देशभक्त र लोकतान्त्रिक शक्तिहरुलाई एकताबद्ध भएर संघर्षमा अघि बढ्न विशेष आह्वान समेत गरिएको छ । सो पार्टीले गत जेठ ७ गते भोजपुर र खोटाङको सीमानामा पार्टी सदस्य तिर्थराज घिमिरेको हत्याको विरोधमा सोमबार नेपाल बन्दको आह्वान गरेको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds