तनहुँ । नाफा कमाउनु भनेको पाप हो भन्ने कम्युनिष्ट सरकारको धारणाले विदेशी लगानी नभित्रिएको नेपालि कांग्रेसका केन्द्रिय सदस्य एवं पुर्वमन्त्रि गगन थापाले बताए ।
उक्त कुरा नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति तनहुँको आयोजनामा मंगलबार दमौलीमा भएको राष्ट्रिय जागरण अभियान २०७६ को सन्दर्भ एवं गणतन्त्र दिवसको अवसरमा आयोजित प्रशिक्षण कार्यक्रममा केन्द्रिय सदस्य थापाले बताएका हुन ।
“कुनैपनि व्यवसायको लक्ष्य भनेको नाफामुफी हुन्छ “, केन्द्रिय सदस्य थापाले भने, “सहि तरिकाबाट नाफा सबैले कमाउनु पर्छ ।” नेपालको धनि व्यक्ति विनोद चौधरी जस्तो बन्ने अवसर सबिले पाउनु पर्छ थापाले बताए ।

कतार, साउदी जान बाध्य युवा लाई आफ्नै देशमा केहि उद्धम गराउन नेपालि कांग्रेस संगै नेपाल विद्यार्थी संघ कटिबद्द रहेको थापाले बताए । आब सहि दिशामा नगए देश बर्बाद हुने थापाले बताए ।
हिंसाको राजनीति मान्य छैन
हिंसाको राजनीति हिजो, आज र भोलि पनि मान्य नहुने नेपालि कांग्रेस केन्द्रिय सदस्य गगन थापाले उक्त प्रशिक्षण कार्यक्रममा बताए ।
“हाम्रो लक्ष्य भनेको मान्छे बदल्ने हो न कि समाप्त गर्ने ।”, थापाले भने । “काठमाण्डौमा अस्ति मारिने नेपाली हुन् न कि कुनै पार्टिका कार्यकता मात्रै, कसैको छोरा पनि हो ।”, थापाले भने “उनिहरुको हत्या भएको हो, हत्यारा विप्लव नेतृत्वको नेकपा हो ।”
त्यस्तै केन्द्रिय सदस्य थापाले शान्तिपुर्ण राजनीतिमा आउन समेत विप्लव समुह लिई अनुरोध समेत गरेका छन ।
उक्त प्रशिक्षण कार्यक्रमको अध्यक्षता नेपाल विद्यार्थी संघ तनहुँका अध्यक्ष चुडामणी खनालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेपालि कांग्रेस तनहुँका सभापति वैकुण्ठ न्यौपाने, गण्डकी प्रदेश सांसद द्वय सरिता गुरुङ, दोबाटे विक लगाएतको समेत उपस्थिति रहेको थियो ।
सम्बन्धित खबर
मुग्लिन–पोखरा बाटो सहज बन्दै
तनहुँको विमलनगर खण्ड आजदेखि एक महिना आंशिक बन्द हुने
तनहुँमा ‘स्वाइन फिभर’ले बङ्गुर मरेपछि ओसारपसारमा रोक
प्रजातन्त्र दिवसको अवसरमा देवघाट गाउँपालिकामा दीप प्रज्जवलन
बन्दीपुरमा वडाध्यक्षको कुटपिटबाट वडा सचिव घाइते
१५ वर्षपछि दमौलीमा फेरि थालियो सामूहिक गहुँखेती
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते