काठमाडौँ – लोकसेवा आयोगले स्थानीय तहका लागि नौ हजार कर्मचारी पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ । आयोगले बुधबार स्थानीय तहमा रिक्त रहेका पदहरु पदपूर्ती गर्न प्राविधिक र अप्राविधिक दुबैतर्फ गरी कुल नौ हजार एक सय ६१ जनाका लागि आवेदन माग गरेको हो ।
लोक सेवा आयोगले चौथो, पाँचौ र छैठौं तहका लागि प्राविधिक तथा अप्राविधिकतर्फ विज्ञापन खुलाएको छ । प्रकाशित सूचनामा प्रत्येक गाउँपालिका, नगरपालिका छुट्टछ्ट्टै रुपमा पदपूर्ती हुने गरी सूचना निकालेको हो ।
आयोगका अनुसार असार ३ गतेसम्म र दोब्बर दस्तुर तिरेर साउन १० गतेसम्म अनलाइनमार्फत आवेदन दिन सक्नेछन् । दरखास्त दस्तुरका लागि तह ६ का लागि खुला १००० रुपैयाँ र समावेशी थप ४०० रुपैयाँ, तह ५ का लागि खुला ४०० र समावेशी रु २००, तह ४ का लागि खुलाका लागि रु ३०० समावेशीका लागि १५० तोकिएको छ ।
आयोगका अनुसार तह ४ र ५ का लागि १८ वर्ष पूरा भइ ३५ वर्ष ननाघेको र तह ६ का लागि २१ वर्ष पूरा भइ ३५ वर्ष ननाघेको हुनुपर्नेछ । त्यस्तै, महिला तथा अपांगको हकमा ४० वर्ष नकटेकाले आवेदन दिन सक्नेछन् ।
संक्षिप्त विज्ञापन हेर्न यहाँ क्लिक गर्नुहोस्
विस्तृत विज्ञापन हेर्न यहाँ क्लिक गर्नुहोस्
अनलाइन आवेदन दिन यहाँ क्लिक गर्नुहोस्




सम्बन्धित खबर
सामाजिक सञ्जालमा अराजकता स्वीकार्य छैन: प्रधानमन्त्री ओली
विश्वको प्रदूषित शहर सूचीमा चौथो स्थानमा नेपालको राजधानी काठमाडौं
सवारी चालक अनुमतिका लागि उमेर हद बढाउने तयारीः बाइक, स्कूटर चलाउन १८ वर्ष
राराको डाँफे होटलमा आगलागी
घाँस काट्न गएका युवक र युवती जङ्गलमा मृत फेला
बदली, वर्षा र हिमपातको सम्भावना
यो पनि पढौँ
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
पोखरामा सशस्त्रको ब्यारेकभित्रै मृत भेटिएकी इन्स्पेक्टर महतको पोष्टमार्टम