पोखरा महानगरपालिकाले १५ महिनाभित्रै सिर्जनाचोकमा आकाशे पुल बनाउने

पोखरा महानगरपालिकाले १५ महिनाभित्रै सिर्जनाचोकमा आकाशे पुल बनाउने

POkhara-Traffice-Chwok

पोखरा । पोखराको सिर्जनाचोकमा १५ महिनाभित्र आकाशे पुल बन्ने भएको छ। पोखरा महानगरपालिकाले चालु आर्थिक वर्ष ०७५/०७६ भित्र नै काम थाल्ने गरी आकाशे पुल निर्माण गर्ने प्रक्रिया अघि बढाएको हो।

महानगरले भ्याटसहित २ करोड ३० लाख ११ हजारमा केएम-जेबिएन-पोखरा जेभीले ठेक्का दिएको छ । ठेकेदार कम्पनीसँग जेठ ५ गते महानगरले सम्झौता गरिसकेको छ ।

सवारी चापका कारण व्यस्त रहने गरेको सिर्जनाचोकमा पैदलयात्रीको आवागमनमा सहजता ल्याउन पुल निर्माण गरिन लागिएको हो । पुल आगामी १५ महिनाभित्र सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ । पुल बनेपछि ट्राफिक व्यवस्थापनमा थप सहज हुने विश्वास लिइएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ