काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमार्फत् ‘रुम एण्ड फ्याल्ट अन रेन्ट इन काठमाडौं’ फेसबुक पेजबाट ठगी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोजपुर घर भएका हाल जुम्ला चन्दननाथ नगरपालिकामा बस्ने २६ वर्षीय रामचन्द्र भट्टराई रहेका छन् ।
उनले उक्त पेजमार्फत् काठमाडौं उपत्यकाका विभिन्न मुख्य स्थानहरूमा रुम तथा फ्ल्याटहरू खाली छन् भन्दै सेवा शुल्कबापत १५ सयदेखि चार हजारसम्म लिने गर्दै आएका थिए । उनले आफ्नो आइएमइ पे वालेट र इसेवा आइडीमा जम्मा गर्न लगाइ रकम जम्मा भएलगत्तै सम्पर्कविहीन भई ठगी गर्दै आएका थिए ।
हालसम्म उनले दुई सय ५० जनालाई ठगी गरेको प्रहरीले बताएको छ।उनलाई सोमबार पक्राउ गरी आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको बताइएको छ । उनको साथबाट एकर कम्पनीको ल्यापटप एक थान, डेल लेखेको कालो झोला एक थान, विभिन्न कम्पनीको मोबाइल दुई थान, पेन ड्राइभ एक थान, भिन्न बैंकको एटिएक कार्ड ५ थान बरामद भएको छ।
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम