पोखरा । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले प्रदेश सरकारले आउने वर्षभित्र हिमालमा २५, पहाडमा ५० र तराईमा १ सय उद्योग खोलेरै छाड्ने उद्घोष गरेका छन् ।
व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र र पोखरा उद्योग वाणिज्य संघको आयोजनामा सोमबार पोखरामा आयोजित गण्डकी प्रदेशमा निर्यात सम्भावना, आयात प्रतिष्थापन तथा अन्तरप्रादेशिक प्रोफाइल प्रतिवेदन तयारी सम्बन्धी गोष्ठीमा बोल्दै मन्त्री लम्सालले यस्तो बताएका हुन् ।
‘हामीले चालु आर्थिक वर्षमा नै उद्योग खोल्ने घोषणा गरे पनि कार्यविधी बनाउँदै र सम्भाव्यता अध्ययनमै समय बित्यो’, उनले भने,‘अब हामी सम्भाव्यता अध्ययनसहित स्थानीय कच्चा पदार्थ प्रयोग हुने उद्योग खोलेरै छाड्छौँ ।’ उनले प्रदेश सरकारले सबै स्थानीय निकायमा उद्योगग्राम खोल्ने नीति ल्याए पनि मन्त्रालयबीच समन्वय नहुँदा त्यो योजना अलपत्र परेको पनि स्वीकार गरे।
अहिले देशलाई वायुपङ्खी गतिको विकास चाहिएको बताउँदै उनले जनताको अगाडि गएर माइकबाट यो पनि गछौँ, त्यो पनि गर्छौ भन्ने विकासको भोक जगाएको पनि स्वीकारे ।मन्त्री लम्सालले स्थानीय तहको सरकारले जनतालाई सेवा दिन नसकेको पनि आरोप लगाए । स्थानीय तह सरकार हो भने सेवा पनि दिनुपर्ने उनको जिकिर थियो ।
सम्बन्धित खबर
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
राष्ट्रिय फोटो पत्रकार समूह नेपाल, कास्की शाखाको अध्यक्षमा योगेन्द्र, प्रेम सचिव
पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचनको नमुना मतदान
मोबाइल चोरी गर्ने स्याङ्जाका गुरुङ पक्राउ
पोखरा ३१ द्वारा कृषकहरुलाई लहरे बालीको बिउ वितरण
दरगाउँटारका १०० महिलाको पाठेघरको मुखको क्यान्सर परिक्षण
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो