रुसी महिलासँग अष्ट्रियाको फ्रिडम पार्टीका नेताको भिडियो लिक भएपछि सुरु भएको हंगामा रोकिने नाममा छैन । यो विवादकै कारण अष्ट्रियाको वर्तमान सरकार ढलेको छ । अष्ट्रियाका चान्सलर सेबेस्टियन कुर्जको विदाई भएको छ । संसदको विशेष सत्रमा बोलाइएको अविश्वास प्रस्तावमा कुर्जले समर्थन हासिल गर्न सकेनन् ।
उनका पूर्व सहयोगी फ्रिडम पार्टी र विपक्षी दल सोसल डेमोक्रेट्सले अविश्वास प्रस्तावको समर्थन गरेको थियो ।अष्ट्रियाली राष्ट्रपति एलेक्जेन्डर वेन डेर बेलनले भाइस चान्सलर हर्टविग लगरलाई अन्तरिम नेता नियुक्त गरेका छन् ।
भिडियोबाट सुरु भयो विवादः
वास्तवमा यो पूरा विवाद त्यतिबेला सुरु भयो जब जर्मन मिडियामा एउटा भिडियो सार्वजनिक भएको छ । यो भिडियो गोप्य तरिकाले सन् २०१७ मा स्पेनको द्वीप इबिसामा रेकर्ड गरिएको थियो । यो सन् २०१७ मा देशभित्र भएको चुनाव अघिको भिडियो हो ।
जर्मन मिडियामा प्रशारण गरिएको यो भिडियो फुटेजमा देखिए अनुसार फ्रिडम पार्टीका नेता र जर्मनीको वर्तमान सरकारका भाइस चान्सलर रहेका हेनिज क्रिश्चियन स्टार्के आफ्नै पार्टीका नेता जोहान्ना गुडनेससँग कुरा गरिरहेका छन् ।
यो भिडियोमा दुई नेता एक रुसी महिलासँग बसेर रक्सीसमेत पिइरहेको देख्न सकिन्छ । ती महिला रुसी व्यापारीकी भतिजी बताइन्छ ।
यो भिडियोमा स्टार्के ती महिलासँग अष्ट्रियाको समाचार पत्र कोरेनेन जिट्ंगमा ठूलो हिस्सेदारी खरिद गरेर फ्रिडम पार्टीलाई मद्दत गर्न अपिल गरिरहेका छन् र यसको बदलामा उनलाई मद्दत गर्ने प्रस्ताव गरिरहेका छन् ।
यो भिडियो कसले खिचेको भन्ने पत्ता लागेको छैन तर यो सार्वजजिनक भएको केही घण्टापछि नै कुर्जले स्टार्केलाई हटाउने निर्णय गरे । स्टार्केले आफ्नो पदबाट राजीनामा दिनुपर्यो ।
त्यसपछि फ्रिडम पार्टीका अन्य मन्त्रीले पनि राजीनामा दिए । फलस्वरुपः सरकार अल्पमतमा आयो ।
के भयो संसदमा ?
अष्ट्रियाको पिपल्स पार्टीका प्रमुख सेबेस्टियन कुर्ज, अष्ट्रियाका पहिलो यस्तो चान्सलर बनेका छन् जसको सरकार अविश्वास प्रस्तावका कारण ढल्यो । सन् २०१७ मा उनी ३१ वर्षको उमेरमा अष्ट्रियाका चान्सलर बनेका थिए ।
संसदभित्र विपक्षी दलले दुई अविश्वास प्रस्ताव पेश गरेका थिए । एक कुर्जविरुद्ध थियो र दोस्रो सरकारविरुद्ध । यी दुई अविश्वास प्रस्ताव पारित भयो ।
यद्यपी, युरोपेली संघमा आइतबार भएको चुनावमा कुर्जले करिब ३५ प्रतिशत मत पाएका थिए तर यो समर्थनले सरकार बचाउन असफल साबित भयो ।
सम्बन्धित खबर
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
अनुदानमा प्राप्त ९ रुपैयाँको नुन किन्न २५ सय खर्च
मिठ्ठो पिरो क्यान्डी ‘रिमझिम बल’ आजको दिनमा पनि किन सान्दर्भिक छ ?
रविलाई पर्सा लगिँदै
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
कथा सकिने डरले चलचित्र निर्देशक बनेका गायक प्रकाश सपूत
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी