शाहीका पिता भन्छन्, ‘डाक्टर बनाउने सोच थियो, अनुहार नै देख्न नपाई छोरो खरानी भएछ’

शाहीका पिता भन्छन्, ‘डाक्टर बनाउने सोच थियो, अनुहार नै देख्न नपाई छोरो खरानी भएछ’

collage

‘मनमा ठूलो आस र भरोसा मानेर छोरामा लगानी गरें । डाक्टर बनाउने सोच थियो तर डाक्टर हैन अनुहार नै देख्न नपाई छोरो खरानी भएछ । ’ यो भनाइ हो जय पृथ्वी नगरपालिका–१ कैलासका विजय शाहीको । आइतबार बेलुका काठमाडौंको घट्टस्थत कोठा (डेरा)मा टाइमबम पड्केर २५ वर्षीय प्रज्वल शाहीको मृत्यु भएको थियो ।  उनको मृत्युले अहिले शाही परिवारमा निकै पीडा र छट्पटी भएको छ ।

‘गरिबीको मार खेपिरहेको छु । भएको सम्पत्ति डिक–बन्धकी राखेर साहुको ऋण सापट मागें। ठूलो सपना बोकेर छोरालाई एचए (हेल्थ असिस्टेन्ट) पढाउन १६ लाख खर्च गरें । अब कसरी कहाँबाट तिर्न हो ! आफू पनि गयो, हामीलाई पनि ऋणमा डुबायो,’ उनले भने ।

विजय शाहीले प्रज्वलको सहारामा दुई छोरी, अर्का एक छोरा र एक साला गरी चारजनालाई काठमाडौं पढाउन सँगै पठाएका थिए । ‘के छ छोरा खबर भनेर सोध्दा लोकसेवाको तयारी गरिरहेको छु । सानो काम पनि गर्छु भन्थ्यो । पन्ध्र महिनादेखि घरबाट एक रुपैयाँ पनि मागेको थिएन,’ शाहीले भक्कानिँदै भने, ‘छोरो बम विस्फोटमा परेर मृत्यु भएको खबर रेडियो र गाउँलेबाट थाहा पाएँ । अन्य चारजनाको अवस्था के भयोहोला बुझन पाए हुन्थ्यो ।  काठमाडौं म जान सक्दिनँ ।’ यो समाचार आजको नागरिक दैनिकमा जगत खड्काले लेखेका छन् । 

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds