गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पोखरा, १३ जेठ । सूर्य पाण्डेको हत्या अभियोगमा पक्राउ परेका तीनै जनालाई कास्की जिल्ला अदालतले पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको छ । चार वर्ष अघि पोखराको सेतीनदी तुलसीघाटमा शिवरात्रीको दिन हत्या गरिएका कास्की सिल्दुजुरेका पाण्डेको हत्या अभियोगमा गत वैशाख १५ गते कास्की प्रहरीले पोखरा महानगरपालिका ९ बस्ने माइला भनिने बुद्ध श्रेष्ठ, उनका साथी सोहि ठाउँ बस्ने ध्रुब मानन्धर र ध्रुबका दाइ रामचन्द्र मानन्धरलाई पक्राउ गरेको थियो ।
सोमबार जिल्ला न्यायाधिश योगेन्द्रप्रसाद शाहको एकल इजलासले तीनै जनालाई पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको हो । बादीका तर्फबाट सरकारी वकिल गुरुप्रसाद वाग्लेले बहस गरेका थिए भने प्रतिवादीको तर्फबाट अधिवक्ता दामोदर अधिकारीले बहस गरेका थिए । उनीहरुलाई जिल्ला कारागार चलान गरिएको छ ।
पोखरा नयाँबजारमा मोटरसाइकल वर्कशपमा मिस्त्री काम गर्दै आइरहेका पाण्डे सेतीनदिको तुलसीघाटमा २०७१ फागुन ६ गते अचानक मृत भेटिएका थिए । चार वर्षसम्म चौथो एसपी फेरिँदा बल्ल हत्यारा पक्राउ परेका हुन् । तीनै जनालाई म्याद थप गरेर कास्की प्रहरीको हिरासत कक्षमा राखेर अनुसन्धान अगाडि बढाइएको थियो । अभियुक्त रामचन्द्र मानन्धरले मात्र हत्या स्विकारेका थिए । तर, सूर्यकी आमाले भने दुई जना ध्रुब र बुद्ध नै संलग्न भएको जिकिर गरिरहेकी थिईन् ।
४ वर्ष बीचमा ४ प्रहरी प्रमुख फेरिए । हरिबहादुर पाल, घनश्याम अर्याल, अशोक सिंह र ओम राना । केहीलाई नियन्त्रणमा लिएर छाड्ने बाहेक केही काम भएन । एसपी ओम रानाले कास्कीको कार्यकाल पूरा गर्दैगर्दा जाहेरी परेका तीन जनालाई पक्राउ गरे । यद्यपी, उनी आएदेखि नै यस केस अघि बढाउन कार्यालयमै दर्जनौं पटक पुगेर विष्णुले अनुनय विनय नगरेकी होइनन्, मानवअधिकार आयोगको टोली पनि पटक पटक पुगेकै हो । अघिल्ला तीन एसपीले अघि बढाउन जाँगर चलाएनन् । जाहेरी परेका दुई जना संलग्न नभेटिएको भन्दै फाइल अघि बढाउन नै खोजेनन् ।
घटना विवरण
कास्की साविक सिल्दुजुरे ५ का सूर्य पाण्डे आमा विष्णुकुमारी पाण्डे सहित पोखरा नयाँबजार बस्थे । २५ वर्षीय पाण्डे मोटरसाइकल मर्मत गर्ने वर्कशपमा काम गर्थे । २०७१ फागुन ५ गते शिवरात्रीको दिन । त्यसदिन आमा विष्णुकुमारी पोखरा थिईनन् । गाउँको घर गएकी थिईन् ।
शिवरात्रीको दिन बिदा भएकाले सूर्य साथीहरुसँग शिवरात्री मनाउन भन्दै कोठाबाट निस्के । तर, सूर्य त्यसपछि कोठा फर्किएनन् । भोलिपल्ट फागुन ६ गते ‘एक जनाको लास सेती नदी किनारमा भेटिएको छ’ भन्ने खबर फैलियो । नयाँ बजार राम मन्दिर पछाडि सेती नदी पुलमुनि तुलसीघाटमा भेटिएको शव सूर्यको थियो । अनुहारमा जताततै चोटैचोट थियो ।
सूर्यको परिवारले जिल्ला प्रहरी कार्यालय, कास्कीमा किटानी जाहेरी दियो । माइला भनिने बुद्ध श्रेष्ठ र उनकै साथी ध्रुब मानन्धरलाई सोधपुद्धका लागि बोलाइयो । विष्णुकुमारीले बुद्धसँग त्यसदिन झगडा परेकाले बुद्ध र ध्रुबले नै मारेको हो भनेर किटानी जाहेरी दिएकी थिईन् । तर जिल्ला प्रहरीमात्र होइन, पछि क्षेत्रीय प्रहरीको अनुसन्धानमा समेत दुई जना घटनामा संलग्न नरहेको भनियो । त्यसो भए संलग्न को त ? यसतर्फ गहिरो अनुसन्धान नै गरिएन । हालका डिआईजी, तत्कालिन एसपी हरिबहादुर पाल घटनाको एक हप्ता अघि मात्रै जिल्ला प्रहरी कार्यालयको कमाण्ड सम्हाल्न आएका थिए । आफू बसुन्जेल १ वर्षसम्म गहिरो अनुसन्धान नै हुन सकेन । त्यसपछि घनश्याम अर्याल झण्डै २ वर्ष बस्दा समेत फाइल पल्टाएनन् । अशोक सिंहले पनि आफू अघिको फाइल पल्टाएनन् । ओम राना भने अन्तिम घडीमा राम्रो काम गरेको जस समेत मिल्ने, जुनियर अधिकृतहरुको राम्रो साथ मिलेकाले जाँगर चलाए ।
शव फेला परेको ठाँउबाट नजिकै अस्थायी प्रहरी बिट हुँदा पनि प्रहरी अनविज्ञ भएपछि अझै शंका उब्जेको थियो । जिल्ला प्रहरी कार्यालय कास्कीका तत्कालिन प्रवक्ता तथा डिएसपी केदार रजौरेको सक्रियता राम्रो थियो । तर, उनी पनि गहिरो रुपमा जान सकेनन् । त्यो बेला पोष्टमार्टम रिपोर्टमा (कज् अफ डेथ) मृत्यु हुनुको कारण बजारिएर भएको लेखिएको छ । भिरबाट खसेको भएकाले स्वभाविक पनि छ । परिवारले भने भिरबाट धकेलिदिएको बताउँदै आए ।
राष्ट्रिय मानव अधिकार आयोग पोखरा कार्यालयका निमित्त निर्देशक नितु गर्तौला, इन्सेक पोखरा कार्यालय संयोजक शिव खकुरेल, इन्सेक पोखरा कार्यालयका प्रलेख अधिकृत सुमित्रा भट्टराई लगायत यस केसलाई अघि बढाउन सक्रिय हुँदै आए ।
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
राष्ट्रिय फोटो पत्रकार समूह नेपाल, कास्की शाखाको अध्यक्षमा योगेन्द्र, प्रेम सचिव
पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचनको नमुना मतदान
मोबाइल चोरी गर्ने स्याङ्जाका गुरुङ पक्राउ
पोखरा ३१ द्वारा कृषकहरुलाई लहरे बालीको बिउ वितरण
दरगाउँटारका १०० महिलाको पाठेघरको मुखको क्यान्सर परिक्षण
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो