काठमाडौं । अमेरिकाकी जेसिका कोक्सका जन्मिँदा हात थिएनन् । तर, उनी सामान्य मानिसलाई पनि गाह्रो हुने काम सहजै गर्ने गर्छिन् । सबैभन्दा महत्वपूर्ण कुरा उनी पाइलट हुन् । उनले बालककालदेखि नै कृत्रिम हातको सहारामा चल्ने गर्थिन् । तर, उनले त्यसलाई कहिल्यै पनि कमजोरी मानिन् । साथै आफ्ना खुट्टाको सहाराले नै सबै काम गर्न थालिन् ।
जेसिका जन्मिँदा उनका आमाबाबु पनि दुःखी बनेका थिए । तर, ठूलो भएपछि उनले कहिले पनि हात नभएको अभाव महशुस हुन दिइनन् । जेसिका पनि आफ्नो सफलताको श्रेय आफ्ना बाबुआमालाई दिने गरेकी छिन् ।
उनको लागि ठूलो भएपछि पनि बाटो त्यति सजिलो भने थिएन । त्यसका लागि उनले विभिन्न समयमा कठिन परीक्षाको सामना गर्नुपरेको थिए । उनले कजेलमा पढ्दा मिहिनेत गरेर नृत्य, पौडी र मोडलिङ पनि सिकेकी थिइन् । अहिले उनले प्रेरणादायी वक्ताको रुपमा २० भन्दा बढी मुलुकको भ्रमण गरिसकेकी छिन् ।
जेसिकाका अनुसार उनलाई प्लेन उडाउने हिम्मत एक पाइलटबाट मिलेको थियो । सन् २००५ मा युनिभर्सिटी अफ एरिजोनाबाट ग्र्याजुएशनपछि पाइलटको तालिम शुरु गरेका थिए । तर, यो त्यति सहज भने थिएन । उनलाई प्रशिक्षण दिनेले पनि निकै कठिनाइको सामना गरेका थिए । सन् २००८ मा अन्ततः उनी एक पाइलटकोे रुपमा तयार भएकी थिइन् ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु